Friday, November 30, 2012

दिगम्बर बन्लान् अध्यक्ष?


सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ। मन्त्रालय स्रोतले अध्यक्षमा नियुक्तिका लागि तीन जनाको नाम छानिएको जानकारी दियो। बुधबार मात्र अध्यक्षका लागि निवेदन दिएका सात जनाको अर्न्तवार्ता लिएर सकिएको थियो। ती मध्येबाट तीनजना अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्ने प्रावधान रहेको छ।

Thursday, November 29, 2012

विन्डोज ८ को ४ करोड लाइसेन्स बिक्री

विश्वबजारमा सार्वजनिक भएको एक महिनामा माइक्रोसफ्टले अपरेटिङ सिस्टम ‘विन्डोज ८’को ४ करोड लाइसेन्स बिक्री गरेको बताएको छ । विन्डोजको नयाँ भर्सन गत अक्टोबर २६ मा बजारमा सार्वजनिक भएको थियो ।

Wednesday, November 28, 2012

बढ्दैछन् मोबाइल लिने

मोबाइल, सञ्चारको साधन मात्र नभएर स्टाटस सिम्बोल पनि बनिसकेको छ। त्यसो त जीवनशैली र दैनिकीको अहम् हिस्सा बनेको छ। स्टेशनरी देखी पानपसल सम्म नागरिकताको फोटोकपी र एउटा फोटो बुझाएपछि पाइने भएकाले पनि मोबाइल बोक्नेहरुको संख्या बढिरहेको छ।

Tuesday, November 27, 2012

सामसुङ बिमको नयाँ लुक्स सार्वजनिक



स्मार्टफोनको विश्वबजारमा आफ्नो बलियो पकड बनाउन सफल सामसुङले ‘सामसुङ बिम’ नामक स्मार्टफोन लुक्स सार्वजनिक गरेको छ । स्पेनको बार्सिलोनामा आयोजजित ‘मोबाइल वल्र्ड कांग्रेस’को सम्मेलनमा पहिलो पटक उक्त स्मार्टफोनको लुक्स सार्वजनिक गरिएको हो ।

आफ्नो आइफोन आफैं अनलक गर्नुहोस


यो पटक तपांइहरुलाइ आइफोन 3GS लेटेस्ट फ्रमवायर अनलक गर्ने तरिका बताउन पाउदा खुसि लागेको छ। यसका लागी चाहिने सामाग्रीहरु
१.      लेटेस्ट आइट्युन्स डउनलोड गर्नुहोस
२.    3GS को फ्रवायर 5.1
सबै भन्दा पहिला आइफोनलाइ 5.1 मा रिइस्टोर गर्नुहोस। त्यसकालागी फोनलाइ अफ गर्नुहोस। त्यस पछि होम बटन थिचिरहेर usb केबललाइ फोन संग जोडनुहोस। डिस्प्लेमा आइट्युन्स कनेक्ट साइन देखिन्छ। होम बटन छोडिदिनुहोस। कम्प्युटरमा आइट्युन्स प्रोग्राम चालु गर्नुहोस। आइट्युन्सले तपांइको फोन रिकबरि मोडमा छ। रिइस्टोर गर्नुहोस भनेर देखांउछ। कि-बोर्डमा शिफ‍ट बटन थिचेर रिस्टोरमा क्लिक गर्नुहोस। फाइल लोकेसन माग्छ। फाइल लोकेसन दिनुहोस। अब आइट्युन्समा फोन रिस्टोर हुँदै गरेको देखाउंछ। केही समय कुर्नुहोस। अब हजरको आइफोन 5.1 मा रिइस्टोर भयो। फोनलाइ अब वाइफाइ कनेक्ट गरेर एक्टिभ गर्नुहोस।

‘आमाघर’लाई एनसेलको १७ लाख २१ हजार सहयोग


निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेलले कालिमाटीस्थित वृद्धाश्रम ‘आमाघर’लाई १७ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ । ‘एनसेल एक्सप्रेस’ उपहार योजना अन्तर्गत अन्तिम साताको विजेता घोषणका लागि सोमबार सोल्टि होटलमा आयोजित कार्यक्रमका बीच एनसेलका चिफ फाइनान्स अफिसर टोमि होलोपाइनेनले आमाघरकी दिलशोभा श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Monday, November 26, 2012

‘गानमान स्टाइल’को युट्युव रेकर्ड


दक्षिण कोरियाली ¥याप स्टार पार्क जेई सङको म्युजिक भिडियो ‘गामनाम स्टाइल...’ले युट्युबमा सबैभन्दाहेरिएको म्युजिक भिडियोका रुपमा विश्व रेकर्ड कायम गरेको छ । यसअघि क्यानेडियन गायक जस्टिन बिबरको नामको ‘बेबी...’ बोलको गीतले यो रेकर्ड कायम गरेको थियो ।

गत जुलाईमा पहिलो पटक युट्युबमा सार्वजनिक गरिएको यो गीत अहिलेसम्म युट्युबमा ८२ करोडभन्दा बढी पटक हेरिएको छ । ‘गाननाम स्टाइल..’ भिडियोले एमटीभी म्यूजिक भिडियो अवार्ड जित्नुका साथै विश्वका २८ भन्दा बढी मुलुकका म्युजिक च्यानलमा पहिलो स्थान ओगट्न सफल भइरहेको छ ।

म्युजिक भिडियोमा दक्षिण कोरियाको राजधानी सिओलको एक उपनगरको मनोरञ्जनात्मक उपभोक्तावादी नृत्यमा आधारित छ । म्युजिक भिडियोमा प्रस्तुत गरिएको नृत्यमा घोगाको लगाम समाती घोडा दौडाएको जस्तो अभियन गरिएको छ । 







Saturday, November 24, 2012

एनसेलले ल्यायो नानो सिम



आर्इफोन ५ का ग्राहकहरूलार्इ खुसीको खबर । निजी क्षेत्रबाट सञ्चालित मुलुकको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेलले आर्इफोन ५ मा प्रयोग हुने नानो सिम बजारमा ल्याएको छ । गत भदैा महिनामा विश्व बजारमा एप्पल कम्पनीले आर्इफोन ५ सार्वजनिक गरेको थियो ।

आर्इफोन ५ मा परम्परागत सिमको साटो नानो सिम प्रयोग हुने भएपछि ग्राहकहरू मर्कामा परेका थिए । तर, एनसेलले नानो सिम उपलब्ध गराएपछि भने आर्इफोन ५ का ग्राहकहरूलार्इ मोबाइल प्रयोग गर्न सहज हुने भएको हो ।

Thursday, November 22, 2012

जनवरीमा ग्यालेक्सी एस ४ आउने


यो वर्ष जस्तै आगामी वर्ष पनि स्मार्टफोनको बजारमा नयाँ विशेषतासँगै थप स्मार्ट फोनको प्रवेश हुने भएको छ । स्मार्टफोन निर्माण कम्पनीहरू अझ धेरै विशेषताका साथ प्रतिष्प्रर्धी बजारमा उतर्ने तयारीमा छन् ।

यो वर्ष ‘आईफोन ५’ ल्याएको एप्पलले आगामी वर्ष ‘आईफोन ५ एस’ ल्याउने तयारीमा जुटेका बेला अर्को मोबाइल कम्पनी सोनीले पनि प्रतिष्प्रर्धामा सहभागी हुन नयाँ स्मार्टफोन लञ्चको तयारीमा छ ।

एक हप्तामा ६ कम्पनीले लिए वाइम्याक्स इन्टरनेट

मङ्सिर ४ - नेपाल टेलिकमले कात्तिक २७ गतेदेखि सुरु गरेको तारविहीन द्रुत गतिको 'वाइम्याक्स' सेवा हिजोसम्ममा छवटा कम्पनीले मात्रै लिएका छन्।

 कम्पनीका सहप्रवक्ता राजेश जोशीका अनुसार चाडपर्वका कारण र नयाँ प्रविधि भएकाले यसमा ग्राहकमा जानकारी हुन नसकेको बताए।

कम्पनीले दिएको जानकारीअनुसार कर्पोरेट ग्राहकका लागि ५० प्रतिशतको प्रवर्द्धनात्मक छुट सुविधासहित पहिलो चरणमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराएको छ। यो सेवा बुटवलमा पनि चाँडै सुरु हुनेछ।

आइफोन-फाइभको नानो सीम ल्याउँदै एनसेल


काठमाडौं, असोज ३० (नागरिक) - एक महिनाअघि एप्पल कम्पनीले सार्वजनिक गरेको 'आइफोन-फाइभ' का लागि मिल्ने नानो सिमकार्ड एनसेलले ल्याउने भएको छ। नोभेम्बर पहिलोसाताभित्र एनसेलले नानो सिमकार्ड ल्याउने घोषणा गरेको छ।

आइफोनका फाइभभन्दा अघिल्लो 'फोर' र 'फोर-एस' मा माइक्रो सिमकार्ड लाग्थ्यो। परम्परागत सिमकार्डलाई काटेर माइक्रो सिम बनाउन मिल्छ।

१८ सय आठ रुपियाँमै ट्याब्लेट

नयाँ दिल्ली, कात्तिक २६ (एजेन्सी) - विश्वको सबैभन्दा सस्तो ट्याब्लेट आकाशको नयाँ परिस्कृत संस्करण आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नयाँ दिल्लीमा सार्वजनिक गरेका छन्। यसको मूल्य भारु ११३० रुपियाँ (नेपाली रुपियाँ १८०८) मात्र पर्छ। विद्यार्थीका लागि लक्षित यो ट्याब्लेट आकाश २ सुरुमा इन्जिनियरिङ कलेजहरु र विश्वविद्यालयहरुमा उपलब्ध गराइनेछ।

आयो मिनी आइप्याड

स्मार्टफोन र ल्यापटप हुँदाहुँदै कुन मूर्खले पाँच सय डलर पर्ने प्याड किन्छ होला भन्नेहरुले गतिलै जवाफ पाइसके, साढे दुई वर्षमै एप्पलले १० करोड आइप्याड बेचिसक्यो। यसमा केही छ, र त यसले सबैलाई तान्दै लगेको छ। बजारमा यसैको सिको गर्दै आएका अरु मोडलहरुभन्दा यो निकै अगाडि छ। त्यसैले आइप्याडसँग प्रतिस्पर्धा आइप्याड मात्रैले गर्न सक्ने व्यंग्य पनि सही साबित हुँदै थियो।


तर बीचमा आइपुग्यो, किन्डलमा एकछत्र राज जमाइरहेको अमेजनको किन्डल फायर र सर्च इन्जिनका सम्राट गुगलको नेक्सस। त्यसो त यी दुईको प्रतिस्पर्धा आइप्याडसँग अरु विषयमा नभए पनि कम मूल्यका कारण भने एप्पल पनि झस्किन बाध्य भयो। किन्डल फायर र नेक्ससले आइप्याड चलाउने रहर हुनेहरुलाई गतिलै विकल्प प्रदान गर्यो। त्यो पनि सस्तो मूल्यमा। त्यही भएर एप्पलले पनि सस्तोमा नयाँ र सानो खालको आइप्याड ल्याउने हल्ला टेक बजारमा चलेको धेरै भइसकेको थियो। तर आइफोन फाइभ लगायतका सामान सार्वजनिक गर्ने समारोहमा आइप्याडको नामै लिइएन। आइफोन फाइभसँगै यसलाई सार्वजनिक गर्दा यो छायँामा पर्ने हुनाले त्यसो गरेको अनुमान गरियो। नभन्दै अस्ति महानवमिको दिन एप्पलले छुट्टै एउटा समारोह गर्दै मिनी आइप्याड सार्वजनिक गर्यो।