Thursday, December 27, 2012

एनसेलको ‘माई ५’ योजना


निजी क्षेत्रको दुरसञ्चार प्रदायक एनसेलले ‘माई ५’ नामक नयाँ योजना ल्याएको छ । नयाँ योजना अन्तर्गत ग्राहकहरुले बिशेष ५ वटा नम्बरमा सस्तो महसुलमा कल गर्न सक्नेछन । योजना अन्तर्गत आफूले रोजेका कुनै ५ वटा नम्बरमा ९९ पैसा (कर बाहेक) प्रति मिनेटमा कुराकानी गर्न सक्नेछन । योजना पुस १३ गते शुक्रबारदेखि लागू हुनेछ ।

ग्राहकहरुले कुनै पनि समयमा मोबाइल नम्बर परिवर्तन गर्न समेत सक्नेछन् । तर, यसका लागि ५ रुपैयाँ शुल्क लाग्ने एनसेलले जानकारी दिएको छ । नयाँ ग्राहकहरुले भने सजिलो ट्यारिफ  अन्तर्गत मात्र ९९ रुपैयाँमा सिम प्राप्त गर्नेछन् । जसमा ५० रुपैयाँ मेन ब्यालेन्स र ४९ रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।

Tuesday, December 25, 2012

आज एनसेलले ९० लाख दिने


मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सञ्चालन गरेको गोल्डेन आवर उपहार योजना अन्तर्गतका विजेता ग्राहकहरुलाई आज मंगलबार उपहार ९० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
९ दिनसम्म चलेको उपहार योजनाका ९ जना विजेतामध्ये प्रत्येकले १० लाख रुपैयाँ पाउने छन् । एनसेलले ९ दिनका लागि विहान ९ बजेदेखि १० बजेसम्म कल गर्नेहरुमध्येबाट एक जना भाग्यशाली बिजेता चयन गरेको थियो ।

एक करोड लाइन हुवावेलार्इ

नेपाल टेलिकमले अगाडि सारेको महत्वाकांक्षी एक करोड जीएसएम मोबाइल लाइन विस्तारको सबै काम चिनियाँ कम्पनी हुवावेले पाउने भएको छ। टेलिकमको प्याकेज ए अर्न्तगतको ५२ लाख लाइन विस्तारको काम अर्को चिनियाँ कम्पनी जेडटई र  यूरोपेली कम्पनी इरिक्सनले नकारेपछि ४८ लाख लाइनको प्याकेज बीमा काम गरिरहेको हुवावेले नै बाँकी काम पनि पाउने भएको हो। 
नेपाल टेलिकमले ५२ लाख लाइन विस्तारको योजनामा हस्ताक्षर गर्नका लागि औपचारिक रुपमा नै बोलाएको छ। शुक्रबार नै टेलिकमले १५ दिनमा सम्झौताका लागि आउन हुवावेलाई पत्राचार गरेको जनाएको छ। 

Tuesday, December 18, 2012

नोकियाको सस्कँदो बजारको असर फिनल्याण्डको अर्थतन्त्रमा


bbc.com
कुनै समय नोकिया ब्राण्ड मोबाइलको पर्यायवाची जस्तै थियो । विश्वभरमा नोकियाको ठूलौ हिस्सा थियो । जसको तुलनामा अन्य ब्राण्डको निकै कम हिस्सा थियो । फिनल्याण्डको मोबाइल कम्पनी नोकियाले दिनप्रतिदिन आफ्नो हिस्सा बढाउँदै थियो । तर, जब मोबाइल बजारमा स्मार्टफोनले प्रवेश ग¥यो । नोकियाको दबदबा बिस्तारै कम हुँदै गयो । अन्य ब्राण्डका सस्ता र आर्कषक स्मार्टफोनले आम जनमानसमा पहुँच पु¥याएपछि नोकियाको लाकप्रियता कम हुँदै गयो 

अहिले उक्त कम्पनीको खस्कँदो बजार हिस्साको सोझो असर कम्पनीका कर्मचारीहरुमा परेको छ । अहिले हजारौ कर्मचारीको रोजगारी खोसिने अवस्था सिर्जना भएको छ । नोकियाको बजार हिस्सा कम हुँदै गर्दा फिनल्याण्डको अर्थव्यवस्थामा समेत गहिरो असर परेको छ ।

Sunday, December 16, 2012

यीनले मारे बालबालिका


गत शुक्रबार राति अमेरिकाको स्यान्डी हुक स्कूलमा अन्धाधुन्ध गोली चलार्इ २७ जनाको ज्यान लिने अमेरिकी नागरिको तस्विर सार्वजनिक भएको छ । एडम लाञ्जा (२०) का यी किशोर मानसिक रोगी थिए । उत्त घटनामा परी २० बालबालिकासहित २७ जनाको ज्यान गएको थियो । 


एडम लाञ्ज आरेपी 


Thursday, December 13, 2012

यस्तो छ २९ लाख पर्ने टिभी (फोटोसहित)


 जापानको इलेक्ट्रोनिक्स कम्पनी सार्पले नयाँ एलसिडी टेलिभिजन आज सार्वजनिक गरेको छ। आइसिसी प्युरियस ब्रान्डमा कम्पनीले नयाँ टेलिभिजनहरु बजारमा ल्याएको हो। ६० इञ्चको फोरके एलसिडी प्यानल टिभीको मोल करिब २८ लाख ८० हजार रुपियाँ (३२ हजार डलर) तोकिएको छ। 


यो टिभीको रेजोल्युसन ३८४०X२१६० पिक्सेल रहेको सार्पले जनाएको छ।


यो लुगा लगाएपछि अदृश्य भइन्छ

क्यानाडाको एक कम्पनी हाइपरस्टिल्थ बायोटेक्नोलजी कर्पोरेसनले अदृश्य कपडा निर्माण गरेको दाबी गरेको छ। 'क्वान्टम स्टिल्थ' नामकरण गरिएको अदृश्य कपडा निर्माणमा अमेरिकी रक्षा विभाग पेन्टागनले सहयोग गरिरहेको कम्पनीले जनाएको छ।

 जेके रोलिङको प्रसिद्ध 'ह्यारी पोर्टर' सृखंलामा निर्मित बहुचर्चित फिल्ममा देखाएजस्तै अदृश्य लबेदा (इनभिजिबल क्लोक) ओढेपछि लगाउने व्यक्ति नदेखिने दाबी कम्पनीले गरेको छ।

ब्ल्याकबेरीको नयाँ लुक्स सार्वजनिक


आगामी जनवरी ३० गते लञ्च तयारीमा रहेको ब्ल्याकबेरी स्मार्टफोनको नयाँ मोडेल ब्ल्याकबेरी १० (एल सिरिज)को लुक्स सार्वजनिक भएको छ । कम्पनीले आधिकारिक रुपमा सार्वजनिक नगरेपनि कम्पनीको एक अधिकारीको गल्तीका कारण भियतनाममा यसको लुक्स सार्वजनिक भएको हो । अधिकारीको गल्तीका कारण मोबाइल फोनको भिडियो समेत लिक भएको छ ।
 लौ हेर्नुहोस ब्ल्याकबेरीको नयाँ लुक्स


Wednesday, December 12, 2012

फोन काण्ड/माफी मागे सञ्चालकले

  • अष्ट्रेलियन रेडियो अझै समस्यामा

    नियमित कार्यक्रममा हसिमजाकमा गरिएको एक फोनकलका कारण उब्जिएको समस्याले अष्ट्रेलियाको रेडियो टुडे एफएम अझै समस्याबाट बाहिरिन सकेको छैन् । कार्यक्रमका सञ्चालकद्धयले घटना भएको करिब एक सातापछि सार्वजनिक रुपमा माफी मागेपनि समस्याले अझैपनि निकास पाउन सकेको छैन् ।

यहाँ प्रसिद्ध रहेको रेडियो टुडे एफएमले नियमित कार्यक्रम समर हट ३० काउण्टडाउन अन्तरगत बेलायती राजकुमारी अस्पतालमा भर्ना भएको समयमा ठट्टाको लागि भनेर गरिएको एक फोनकलले बेलायतमा एक महिला नर्सले आत्महत्या गरेपछि समस्या बल्झिएको हो ।

फेवातालमा एनसेल

 नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेलले पोखरा फेवातालका केही डुंगामा पर्पल कलरले रंगाएको छ । फेवाताल घुम्ने र बाराही मन्दिर दर्शनका लागि आउने दर्शनार्थीहरुलाई लक्षित गरी केही डुंगा रंगाइएको हो ।
यसअघि कुरिनटारस्थित मनकामना मन्दिरको दर्शनका लागि जानेहरुलाई लक्षित गरी केबुरकारको मुख्य स्टेसनको गाउँको पूरै घरहरु पर्पल कलरमा रंगाइएको थियो ।
फोटो हेर्नुहोस

फेवातालमा रंगिएका डुंगाहरू

नयाँ पत्रिका


चोरीको आइफोन अनलक गर्नेको फोटो असली साहूकहाँ पुग्यो


ब्राइटोन, मंसिर २७ (एजेन्सी) - चोरीको आइफोन अनलक गर्ने एक महिलाको तस्बिर स्वतरुपमा मोबाइलको प्रयोगकर्ताको स्मार्टफोनमा पुगेको छ। अनलक गर्ने महिलाको तस्बिर उनले पत्तो नै नपाई यसका असली मालिककहाँ पुगेको हो। 

अनलक गरेलगत्तै ती महिलाले तस्बिर के लिएकी थिइन् चोरीको आइफोनबाट त्यो यसका प्रयोकर्ताकहाँ पुगिहाल्यो। कोलिएसन नाइटक्लबमा यो महिनाको सुरुमै हराएपछि आइफोनलाई ब्लक गरिएको थियो।

Tuesday, December 11, 2012

एप्पल म्यापमा गलत जानकारी



एप्पल म्यापमा भएको गलत जानकारीका कारण मानिसको ज्यान जोखिममा पर्नेबारे अष्ट्रेलिया प्रहरीले प्रयोगकर्तालार्इ चेतावनी दिएको छ । एप्पलमा म्यापमा गलत जानकारी भएको र जसले गर्दा मानिस गलत गन्तव्यमा पुग्न सक्ने भएकाले प्रयोगकर्तालाई यसबारे बच्नका लागि चेतावनी दिएको हो ।
विक्टोरिया प्रहरीका बरिष्ठ अधिकारी शेरान डार्सिका अनुसार प्रहरीले एप्पल म्यापलाई परीक्षण गर्दा आफूहरु मिलडूरा सनसेट नेशनल फार्कको बीचमा पुगिएको थियो । जबकी उक्त स्थान ७० किलोमिटरको दूरीमा थियो । उक्त स्थानमा पानीको व्यवस्था समेत नभएको र तापक्रम ४६ डिग्रीसम्म पुगेको उनले बताए । त्यसैले एप्पल म्यापको साटो अरु विकल्पबारे सोच्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।

विश्वका पाँच टप साइट


इन्टरनेट यतिखेर सबै भन्दा बढि कुरा गरिने विषय मात्र होइन सबै भन्दा बढी प्रयोग हुने प्रविधि हो। यसको कारण नै वास्तवमा ग्लोबलाइजेसनको वास्तविक अनुभव भएको हो। यो दुनियाँको जनसंख्याको बहुसंख्यक हिस्सा इन्टरनेटको जालोमा जेलिइसकेको छ। फरक फरक कारण र कामका लागि मानिसहरु इन्टरनेटको प्रयोग गरिरहेका छन्। जसले इन्टरनेट ट्राफिक दैनिक रुपमा बढि रहेको छ। सञ्चारका लागि होस् या मनोरञ्जन इन्टरनेट सबैको प्रयोगको साधन हो। यसैमा व्यापार गरेर करोडपति बन्ने देखी यसमा उपलब्ध सामाजिक सञ्जालमा भेटिएर पतिपत्नि बन्ने सम्मका घटना भइसकेका छन्। 

इन्टरनेटमा जोडिन आउने व्यक्तिका कारण विभिन्न वेबसाइटमा दैनिक रुपमा ट्राफिक बढ्ने वा घट्ने भइरकेको छ। जसले कुनै वेबसाइटलाई निक्कै माथि उकासेको छ भने कतिलाई थचारेको पनि छ। दैनिक भिजिट हुने यस्ता साइटहरुको वर्गीकरण र तीनमा रहेको ट्राफिकका आधारमा एलेक्साडटकमले विभिन्न वेबसाइटलाई र्‍यांक गर्ने गर्छ। एलेक्साको अगस्त २०१२ को र्‍यांक नतिजा अनुसार यी पाँच वेबसाइट अहिले विश्वका सबै भन्दा बढि हेरिनेमा छन्। 

Monday, December 10, 2012

संसार ध्वस्तबारे केही रोचक जानकारी

bbc.com
२१ डिसेम्बर २०१२ मा अर्थात संसार ध्वस्त हुने दिन । यो समाचार अहिले विश्वभर हट न्यूजका रुपमा उदाएको छ । डिसेम्बर २१ नजिकिँदै जाँदा यसले उत्पन्न गराउने डर र त्रासले धेरैको मनमा हलचल मच्चाइसकेको छ ।

मंगल ग्रहमा जीवनको अंश खोजिमा सक्रिय अन्तरिक्षाबारे अध्ययन गर्ने अमेरिकी एजेन्सी नासाले समेत विश्वको अन्त्यको सम्भावनाबारे अध्ययन गरिसकेको छ । नासाले अध्ययन पश्चात यती छिट्टै विश्वको अन्त्य नहुने र निराश भैसक्ने अवस्था नहरेको बताइसकेको छ ।

यसअघि सन् २००३ मा यस्तै भविष्यवाणी गरिएको थियो । त्यसअघि ३१ डिसेम्बर १९९९ मा संसार ध्वस्त हुने भनि भविष्वाणी नगरिएको होइन तर, ती सबै समाचारहरु गलत सावित भैसकेका छन् । त्यस्तै, सन् १९९० को दशकमा करिब ६ पटक संसार ध्वस्त हुने भ्रमित समाचार बाहिर आएका थिए ।

किबोर्डबाट चलाउनुस् यूट्यूब

यूट्यूब, भिडियोको भकारी। अनेकन विषय र क्षेत्रका भिडियो तथा फिल्म उपलब्ध छन् यहाँ। त्यो पनि निशुल्क। घरमा बसेरै फिल्म हेर्न देखी विभिन्न च्यानलहरु हेर्न सकिन्छ यसमा। गुगल आफैले दुईसय भन्दा बढि च्यानल चलाएको छ यसमा। स्मार्ट टिभी आइसकेपछि त यसको विशेषता र प्रयोगको कुरा नै बेग्लै भइसकेको छ। विश्वमा सबै भन्दा बढि हेरिने तेस्रो नम्बरमा रहेको यो वेबसाइट नेपालीका लागि पनि हेर्ने लिस्टमा अगाडि नै रहेको वेबसाइट हो।

Friday, December 7, 2012

अबेर रात उपलब्ध कल छुट बन्द



किशोर किशोरीको नैतिक पतन भएको भन्दै पाकिस्तानको दुरसञ्चार प्राधिकरणले रातको समयमा ग्राहकलाई उपलब्ध गराउँदै आएको कल शुल्क छुटमा हटाउन आदेश दिएको छ ।

किशोर किशोरीहरुले प्रेम सम्बन्धका लागि सेवा बढी उपयोग गरेको र यसले समाजमा नकारात्मक असर परेको प्राधिकरणको भनाइ छ । त्यस्तै यसबारेमा जनमानसबाट समेत गुनासो बढेपछि आफूले यस्तो कदम चाल्न बाध्य भएको प्राधिकरणले बताएको छ । यसमा त्यहाँको रुढीबाढी समाजलाई समेत जिम्मेवारी बताइएको छ ।

तर, टेलिकम कम्पनीहरुले भने प्राधिकरणको यो कदमको विरोध गर्दै त्यहाँको हाईकोर्टमा पुगेका छन् । प्राधिकरणले अबेर राति किशोर किशोरीबीच भएका आपत्तिजनक कुराकानी रहेको क्लिप्स अदालतमा पेश गरेको छ ।

Thursday, December 6, 2012

लोडसेडिङ बढ्यो, दैनिक १० घण्टा


नेपाल विद्युत प्राधिकरणले भोलि मंसिर २३ गते शनिबारदेखि लोडसेडिङको समयावधी बढाउने भएको छ । वर्तमान ८ घण्टा भैरहेको लोडसेडिङको समयलाई बढाएर १० घण्टा बनाउन लागिएको प्राधिकरणले जानकारी दिएको छ ।
सरकारले लोडसेडिङ न्यूनीकरण कार्ययोजना २०६९ जारी गरे पनि उक्त कार्ययोजना कार्यान्वयनमा आउन नसक्दा लोडसेडिङको समयावधी कम गर्न नसकिएको प्राधिकरणको भनाइ छ । नदी तथा खोलामा पानीको बहाव कम हुँदै गएकाले लोडसेडिङ बढेको हो ।

Wednesday, December 5, 2012

मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव र मन्त्रीहरूबीच विवाद


पौडेलको अडानविपरीत दूरसञ्चार प्राधिकरणमा कानुन मिचेर अध्यक्ष नियुक्त
मन्त्रिपरिषद् बैठकमा मंगलबार दूरसञ्चार प्राधिकरण अध्यक्षमा 'योग्यता नपुगेका व्यक्ति'लाई नियुक्त गर्ने प्रस्ताव गर्दा मुख्यसचिव लीलामणि पौडेलले आपत्ति जनाएपछि उनी र मन्त्रीहरूबीच विवाद भएको उच्च स्रोतले बताएको छ ।
सहभागी एक मन्त्रीका अनुसार दूरसञ्चार क्षेत्रको अनुभवै नभएका आयल निगमका पूर्वकार्यकारी निर्देशक दिगम्बर झालाई नियुक्त गर्ने प्रस्तावमा छलफल हुँदा भनाभन भएको हो ।
मतभेदका क्रममा सञ्चारमन्त्री राजकिशोर यादवसहितका मन्त्रीहरूले मुख्यसचिवलाई 'कुनै पनि मधेसीलाई महत्त्वपूर्ण ठाउँमा नियुक्ति गर्न नदिने मधेसविरोधी' भन्दै व्यक्तिगत गालीगलौजसमेत गरेको उपस्थित स्रोतले जानकारी दियो । पौडेलले प्राधिकरणको अध्यक्ष हुन दूरसञ्चार क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्ति हुनैपर्ने उल्लेख गर्दै झाको कानुनतः योग्यता नपुगेकाले उनलाई नियुक्त गर्न नहुने अडान राखेका थिए ।

५२ लाख मोबाइल ठेक्का पनि हुवावेलाई

२० मंसिर - नेपाल टेलिकमको १ करोड जीएसएम मोबाइल थप्ने ‘मेगा प्रोजेक्ट’ अन्तर्गत समूह ‘ए’ को ५२ लाख मोबाइल लाइन विस्तार ठेक्का पनि चीनको हुवावे कम्पनीले नै पाउने भएको छ । बुधबार हुवावेलाई लेटर अफ इन्टेन्ट (एलओआई) दिइएको नायब प्रबन्ध निर्देशक राजेन्द्र नकर्मीले बताए ।
एक सातापछि स्वीकृतिपत्र (लेटर अफ एसेप्टेन्स) दिने तय टेलिकमले गरेको छ । हुवावेले अरु प्रतिस्पर्धीको भन्दा सस्तो दर (१२ करोड १२ लाख डलर)मा यो ठेक्का पाएको हो ।
समूह ‘बी’अन्तर्गतको ४८ लाख मोबाइल विस्तार टेन्डर हुवावेले यसअघि नै पाइसकेको छ । गत जेठदेखि अन्योलमा रहेको ५२ लाख लाइन वितरण प्रक्रिया पाँच महिनापछि अघि बढेको हो । यो बृहत् परियोजनाका लागि टेलिकमले १५ अर्ब रुपैयाँ खर्चिनेछ ।
कम्पनीले काठमाडौं उपत्यका र पश्चिमाञ्चल प्याकेज ‘बी’मा ४८ लाख र त्यसबाहेकका अन्य क्षेत्रलाई प्याकेज ‘ए’मा ५२ लाख लाइन गरी बोलपत्र आह्वान गरेको थियो । ‘बी’अन्तर्गत जेठमा सम्झौता भई हुवावेसँग काम अगाडि बढे पनि ‘ए’ को प्रक्रिया अन्योलमा थियो ।

Way to use ncell gprs and 3G internet at cheap rate in mobile phones.



Above, I talked about ncell data plan for mobile and ncell connect. Now the way to use ncell gprs/3G in cheap rate is to use ncell connect sim in mobile phone.Buy ncell connect sim only. It costs around Rs 100 with Rs 50 balance. Now insert this sim in the phone and purchase any package.

६ हजारमा ट्याब्लेट दिन्छु भनेर बढी लिनेसित स्पष्टीकरण

गत वर्षको क्यान इन्फोटेक मेलामा ६ हजार रुपैयाँमा ट्याब्लेट पिसी दिने भनेर प्रचार गर्ने गिजमोस नेपाल प्रालिले उपभोक्तालाई बढी रकम लिएको पाइएको छ। 

त्यसबेला ६ हजारमा ट्याब्लेट दिने भन्दै बुकिङ गराएको कम्पनीले बुकिङकर्तालाई ५ सय रुपैयाँ थप गर्न लगाएको भेटिएको हो। अनुगमनका क्रममा वाणिज्य विभागको टोलीले कम्पनीले कबोलेको भन्दा बढी रकम लिएको पाइएको हो।
कम्पनीले बढी लिएको भेटिएपछि मंगलबार विभागले कक्पनीलाई कबोलेकै मूल्यमा बिक्री गर्न र बढी मूल्य लिनुको कारणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। सात दिनभित्र विभागमा उपस्थित भई बयान दिएपछि कम्पनीलाई थप कारबाही अघि बढाउने विभागले जनाएको छ।

Tuesday, December 4, 2012

टावर बिग्रिँदा फोन चलेन

निर्माण भएको छ महिना नपुग्दै  कालीकोट जिल्लाको सुकाटिया गाविसमा रहेको नेपाल टेलिकमको स्काई टावर बिग्रि्रदा सेवाग्राही मर्कामा परेका छन्। सदरमुकामबाट सातकोष उत्तरपश्चिममा पर्ने सुकाटिया गाविसमा रहेको स्काई टावर दुई हप्तादेखि बिग्रिएको हो। टावरमा खराबी आएपछि त्यस क्षेत्रका नौ गाविसका करिब पाँच हजार सेवाग्राही मर्कामा परेका छन्।

अवैध चिनियाँ सेट बढे

चिनियाँ मोबाइल सेटको अवैध आयात बढेको छ। काठमाडौं नजिकैको चिनियाँ सिमासँग जोडिएको तातोपानीबाट काठमाडौं आउने सडकमा प्रहरी र राजश्व गस्तीको उपस्थिती बाक्लै भएपनि अवैध सेट भित्रने क्रम भने बढिरहेको छ। अवैध सेट ल्याउने सोझोबाटो मानिने अरनिको राजमार्गको एकसय १४ किलोमिटरमा मात्र ११ प्रहरी चौकी रहेका छन्। प्रहरीले यात्रु तथा मालवाहक सवारीसाधनमा समय समयमा चेक जाँच गरेपनि अवैध मोबाइल सेट भित्रने क्रम भने घटेको छैन।

Monday, December 3, 2012

प्राधिकरणमा अनुगमन संयन्त्रै छैन

मंसिर १७ / सरकारले ग्राहक संख्या र आम्दानीका आधारमा फ्रिक्वेन्सी थप्ने व्यवस्था ल्याएपछि दूरसञ्चार सेवाप्रदायकले वास्तविकभन्दा बढी ग्राहक संख्या देखाउने गरेका छन् । निष्क्रिय ग्राहकको समेत लगत राखी कम्पनीहरुले फ्रिक्वेन्सी ‘होल्ड’ गर्ने क्रम बढे पनि नियामक दूरसञ्चार प्राधिकरणसँग अनुगमन संयन्त्रै छैन ।
सूचना तथा सञ्चार मन्त्रालयका फ्रिक्वेन्सी व्यवस्थापन शाखा प्रमुख अनुप नेपालका अनुसार बन्द भएका र भीओआईपीमा संलग्न सिमकार्डलाई समेत सेवाप्रदायकले ग्राहक संख्यामा गणना गर्ने गरेका छन् ।

पुष्पा बनिन् सीएनएन हिरो

 जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत यो वर्षका लागि सीएनएन हिरो घोषित भएकी छिन्। नेपाली समय अनुसार आज बिहान सीएनएनले विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणाम अनुसार उनलाई सीएनएन हिरो घोषणा गरेको हो। 'यो मेरा बच्चाहरुका लागि र यो मेरो देश नेपालको लागि', उपाधि पाएपछि छोटो मन्तव्य व्यक्त गर्ने क्रममा भावुक हुँदै पुष्पाले भनिन्, 'मेरो लागि भोट गर्ने र मेरो सपनामा विश्वास गर्ने सबैलाई धन्यवाद।"

'मेरो लागि यसले धेरै अर्थ राख्छ, अझै पनि धेरै बालबालिकाहरु जेलभित्र छन्, निश्चय पनि मामुले तिमीहरु सबैलाई  बाहिर निकाल्नेछ' उनले भनिन्।

भिडियो हेर्नुस् -