Friday, January 25, 2013

फेसबुकमा ९९ डलर प्रेमिका


प्रेमी वा प्रेमिका हुनु यतिखेर प्रतिष्ठा कै सवाल हुन थालिसकेको छ। कसैले एरेन्ज म्यारिज अर्थात् परम्परागत विहे गरेको रै छ भने त त्यो अचम्म हुने जमाना आइसक्यो। बाबुआमाले खोजेको केटा वा केटीसँग विहे गर्नेहरुको संख्या दिनानुदिन घटिरहेको सरकारले गरेकै अध्ययनहरुले देखाइरहेका छन्। सामाजिक सञ्जालको विकासले त झन यो प्रेमी र प्रेमिकाको विषय अनलाइन प्रतिष्ठा र गौरबको बनाइदिएको छ। फेसबुक जस्ता सामाजिक सञ्जालले राखेका इन अ रिलेसनसिप वीथ भनेर सम्बन्ध जनाउने शाब्दिक अप्सनले धेरैलाई आफ्नो प्रेम प्रदर्शन गर्ने बाटो बनाइदिएका छन्। अनलाइन डेटिङ अनि फेसबुक फ्लटिङले गर्दा सामाजिक सञ्जालमा पनि अनौठो प्रेममय वातावरण बनिरहेको छ।

टेलिकमले थ्रीजीको ६० करोड तिर्ने


नेपाल टेलिकमले थ्रीजी फ्रिक्वेन्सी शुल्क वापत ६० करोड तिर्न आफू तयार रहेको बताएको छ। टेलिकमले सो कुराको जानकारी नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयलाई पनि गराएको छ।सरकारले गत कार्तिक १९ देखी लागु हुने गरि नयाँ फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यसम्बन्धी नीति लागु गरेको थियो।

Tuesday, January 22, 2013

यसरी जोगाऔं मोबाइल ब्यालेन्स



कमलकुमार बस्नेत

मोबाइल, गोजीमा नै अट्ने सञ्चारको साधन। हातमा लिएर यसो नम्बर डायल गरयो कि जहाँसुकै भएको मानिस होस् तत्काल कुराकानी गर्न सकिन्छ। सञ्चारको सजिलो साधन भएकाले यसको प्रयोग गर्नेको संख्या विश्वभर नै बढिरहेको छ। विश्वभर प्रयोगकर्ता बढेको यो उपकरण र सेवाको नेपालमा प्रयोगकर्ता नबढ्ने कुरै भएन। सस्तो हुँदै गएको सेवा र उपकरणसँगै यसको प्रयोग पनि सस्तो हुन थालेको छ। घरको तल्लो तला र माथिल्लो तलामा रहेका बीच नै मोबाइलमा कुराकानी हुन थालेको छ। यसले मोबाइल नेटवर्कलाई कति बिजी बनाएको होला? त्यो छुट्टै कुरा भयो। देशको अर्थतन्त्र र साधन स्रोतको दूरुपयोगको सवालमा पनि नजाऔं यसखालको मोबाइल प्रयोग र फोन गराइले तपाइँको व्यक्तिगत अर्थव्यवस्थामा भने भुइँचालो नै ल्याउन पनि सक्छ। विशेष गरेर प्रिपेड मोबाइल बोक्नेहरुका लागि मोबाइलमा गरिने रिचार्ज अनि घट्ने ब्यालेन्सले हैरान नै बनाउँछ। बिल पनि नआउने र रिचार्ज गरेको एकमुष्ट हिसाब पनि नहुने भएकाले मोबाइलमा भएको खर्चको हिसाबै हुँदैन। अर्थात् तपाइँको मोबाइलमा पैसा बेहिसाब खर्च भइरहेको हुनसक्छ। त्यसलाई घटाउनु तपाइँको लागि निक्कै मुस्किलको कुरा पनि हुनसक्छ। आउनुस मोबाइलमा अनावश्यक पैसा खर्च भएर हैरान हुनुभएका कालागि नचाहेको वा अनावश्यक सेवाका नाममा अञ्जानमै धेरै पैसा खर्च भइरहेकाहरुका लागि केही सुझाव बारे हामी चर्चा गरिरहेका छौं:

Wednesday, January 16, 2013

उड्दै गरेको जहाजमा बच्चा जन्मियो


रसियादेखि अमेरिका जाँदा उडिरहेको बिमानभित्रै एक महिलाले बच्चा जन्माएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । बच्चाको नाम हास्मिक राखिएको छ । बिमानकै एक सहयोगी हास्मिक चेभोन्डयानले बच्चा डेलिभरी हुँदा सहयोग गरेकाले बच्चाको नाम हास्मिक राखिएको हो ।

आमाको पहिचान अहिलेसम्म खुलाइएको छैन् । बच्चा र आमको स्वास्थ्य सामान्य रहेको बताइएको छ । बिमान अर्मेनियाज अर्मेभिया एयरलाइन्सले सञ्चालन गर्दै आएको छ । बिमान रसियाको एरेभानमा बिमानस्थलमा अवतरण गराइएको थियो । चेभोन्डयानका अनुसार डेलिभरीका लागि विमानका सबै सहयोगीले सहयोग गरेका थिए ।

Wednesday, January 9, 2013

स्विचिङ सेन्टर र अनलाइन मिडिया


विजय श्रेष्ठ –
अहिले नेपालका ब्लगिङमा तीनथरी ताता विषय छन्- एउटा देशव्यापी बलात्कारका घटनाको ‘विश्लेषण’, अर्को पत्रकार हत्या र तेस्रो एनसेलको डाटा सेन्टरमा भारतीय गुप्तचर ‘रअ’को स्वार्थ। तीनैका विषय नितान्त फरक हुन् तर नेपालको ब्लगिङमा देखिएका पछिल्ला प्रवृत्ति केलाउन यी विषय पर्याप्त छन्।बलात्कार र हत्या सामाजिक परिघटनाका दृष्टान्त हुन्, यसमा वस्तुगत विश्लेषण हुन सक्दैन।समाजलाई हेर्ने र बुझ्ने विषयमा हरेक मान्छेले आ-आफ्नो दृष्टिकोण बनाउन सक्छन् र यी घटनामा पनि त्यही लागू हुन्छ। सामाजिक सञ्जालका माध्यमले बलात्कारविरोधी अभियान नै सुरु भएको छ, जसले कमसेकम सबैलाई एकपटक सोच्न बाध्य बनाएको छ। पत्रकार डेकेन्द्र थापालाई ज्युँदै पुर्नेजस्तो मानवताविरोधी गतिविधिको पनि चर्को विरोध भइरहेको छ। यीसम्बन्धी ब्लगिङले सबैका ध्यान तानेका छन्।

Thursday, January 3, 2013

सबैभन्दा धेरै डाउनलोड भए एङ्ग्री बर्डस र इन्स्टाग्राम


मोबाइल एप्स (एप्लिकेसनन्स)मा सबैभन्दा धेरै रुचाइएका एंग्री बर्ड, इन्स्टाग्राम तथा फेसबुक सन् २०१२ मा पनि सर्वाधिक डाउनलोड भएर अग्रस्थानमा परेका छन् । गत वर्ष स्मार्टफोन तथा ट्याब्लेटको व्यापार संसारभर नै उच्च भएपछि यस्ता एप्सको प्रयोग पनि धेरै भएको हो । यिनै एप्स गत वर्षका चर्चित साइटसमेत बन्न सफल भएका छन् ।
रिसर्च एजेन्सी फ्लरीका अनुसार उपभोक्ताले हरेक दिन औसत दुई घण्टा यी एप्स प्रयोग गरेका छन्, जुन २०११ को भन्दा ३५ प्रतिशतले बढी हो । २०१३ मा यो संख्या अझै बढ्नसक्ने अनुमान उसको छ ।

एप्स प्रयोगमा सन् ०१२ उपभोक्ताको दृष्टिकोणले ‘टिप्पिङ प्वाइन्ट’ बनेको मोबाइल मार्केटिङ कम्पनी फिस्कुका उपाध्यक्ष क्रेग पल्लीले बताए । “यो अवधिमा उपभोक्ताहरू नयाँ एप्सप्रति निकै उत्सुक देखिएका छन्,” उनले भने, “दिनानुदिन रूपमा मानिसको उत्सुकता र जागरुकता बढेको छ ।”
समूहगत रूपमा हेर्दा गत वर्ष सामाजिक सञ्जालहरू सर्वाधिक रुचिकर विषय बन्न पुगे । यो अवधिमा मिडिया प्लेयर, फोटो सम्पादन एवं गेमसम्बन्धी एप्स पनि उपभोक्ताको रुचिमा परे । पल्लीका अनुसार यूट्युब र एंग्री बर्डस् क्रमशः स्वतन्त्र तथा एप्पलको एप्स स्टोरमा धेरै पैसा तिर्ने एप्स बन्न पुगेका छन् । गत वर्ष आएका अन्य धेरै एप्सले छोटो समयमा नाम र दाम कमाएको पल्लीले बताए ।

माघ १० देखि मोबाइल मेला


 मोबाइल व्यवसायी संघको आयोजनामा माघ १० गतेदेखि मेला हुने भएको छ । 'सञ्चार नै संसार' भन्ने नाराका साथ मेला सिभिल ट्रेड सेन्टरमा आयोजना गरिने संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।
मेलामा सामसङ, नोकिया, एलजी, कार्बन, लाभा, कलर्स, माइक्रोम्याक्स, एचटीसी आइफोनलगायत २५ भन्दा बढी ब्रान्डेड मोबाइलको स्टल रहने छ । यसैगरी मेलामा एसर, डेल, तोसिबालगायत कम्पनीका ल्यापटप, ट्याब्लेट हुने बस्नेतले बताए । उनले मेलाको मुख्य आकर्षणका रूपमा विन्डो ८, अपरेटिङ सिस्टम, एन्ड्रोइट, जेल्लीविन र ट्याब हुने बताए । मेलामा क्षमताअनुसार १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका मोबाइल किन्न सकिनेका साथै महँगो मोबाइलबारे जानकारी पनि लिन सकिन्छ ।