Monday, February 25, 2013

विश्वको सबैभन्दा महंगो मोबाइल


तपाईले बोक्ने मोबाइलको मूल्य कति पर्छ । २० हजार, ५० हजार वा १ लाख रुपैयाँ ? तर, विश्वको सबैभन्दा सुविधा सम्पन्न मोबाइल निर्माण गर्ने कम्पनी  vertu ले विश्वको सबैभन्दा महंगो स्मार्टफोन निर्माण गरेको छ । जसको मूल्य ८ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
ह्यान्डसेट एन्ड्रोइड स्मार्टफोन मोबइल vertu ti मा ३.७ इञ्चको स्क्रिन क्रिस्टल नीलमबाट बनाइएको छ । खभचतग लाई इंल्यान्डका एक क्राफ्ट म्यानले निर्माण गरेका हुन । यो मोडेलमा उनले हस्ताक्षर समेत गरेका छन । यो मोबाइल अन्य स्मार्टफोनको तुलनामा ५ गुण बढी बलियो रहेको कम्पनीको दाबी छ । मोबाइलमा ८ मेगापिक्सलको क्यामरा जडान गरिएको छ । त्यस्तै ६४ जीबी मेमोरी स्टोरको क्षमता समेत मोबाइलमा छ ।

Thursday, February 21, 2013

विश्वका २५ विवादास्पद विज्ञापन, जस्ले तहल्का मच्चाए

विश्वमा बजार र विज्ञापनको इतिहास निकै पुरानो छ । जति जति बजार आधुनिक हुँदै गयो उसै गरी विज्ञापन पनि संख्यात्मक र गुणात्मक रुपमा परिवर्तन हुँदै गए । तर, आधुनिक राम्रो र फरक विज्ञापन बनाउने नाममा केही कम्पनीहरुले यस्ता विज्ञापन पनि बनाएका छन जुन निकै विवादास्पद भए । जसले गर्दा सम्बन्धित कम्पनीलाई निकै फाइदा पनि पुग्यो ।


Tuesday, February 19, 2013

आठ वर्षे यु–ट्युबका पाँच अनौठा कुरा


भिडियो अपलोड गर्ने विश्वको बहुचर्चित वेबसाइट यु–ट्युब साता आठ वर्षमा पाइला टेकेको छ । यो वेबसाइटमा प्रत्येक महिना ८० करोडभन्दा बढी मानिसले अर्बौ घण्टाभन्दा बढी समय बिताउँछन । अहिले वेबसाइटको मूल्य करिब ६० अर्बदेखि ७२ अर्ब डलर छ । 

Tuesday, February 12, 2013

भ्यालेन्टाइन जोडालाई एनसेलको सीम


नीजि मोबाइल सेवा प्रदायक एनसेलले भ्यालेन्टाइन्स डे मनाउने प्रेमी जोडाका लागि मनभरी कुरा गर्ने प्रबन्ध मिलाइदिएको छ। एनसेलले भ्यालेन्टाइन्स डे भन्दा केही दिन मात्र अघि पारेर नयाँ सीम सीम प्याक योजना सार्वजनिक गरेको छ। जसमा एउटा सीमको मुल्यमा नै दुई सीम पाउन सकिन्छ। ९९ रुपैंयामा दुई सीम पाइने यो योजनाका दुवै सीममा २४ रुपैंया मेन ब्यालेन्स र २५ रुपैंया बोनस ब्यालेन्स उपलब्ध हुनेछ। साथै एक महिनाका लागि एनसेलले दुवै सीममा ३० मिनेटको रात्रीकल र १०० एसएमएस आफ्नो नेटवर्कमा निशुल्क दिएको छ।
यो योजनामा एनसेलको सीम लिने प्रेमी जोडाले एक आपसमा कुराकानी र माया साटासाटका लागि एनसेलबाट रात्रीकल एक घण्टा र दुईसय एसएमएस निशुल्क पाउनेछन्। त्यसबाहेक एक आपसमा कुराकानीका लागि मात्र ९९ पैसा (कर बाहेक) लाग्छ। यो अफर तीन महिना सम्मका लागि चल्ने एनसेलले जनाएको छ। एनसेलले उपहार योजनामा नै एउटाको मुल्यमा दुई सजिलो सीम लिएर आफ्नो प्रिय व्यक्तिसँग सस्तोमा कुरा गर्नुस् भनेको छ।

Friday, February 8, 2013

मिनरल वाटरको मूल्य ५० लाख


एउटा मिनरल वाटरको मूल्य कति पर्छ । १५ देखि २० रुपैयाँ । विश्वको सबैभन्दा महंगो मिनरल वाटरको मूल्य कति पर्छ होला ? अनुमान गर्न सक्नुहुन्छ ? ५० लाख रुपैयाँ । पत्याउन गाह्रो पर्ला तर, सत्य यही हो । विश्वको सबैभन्दा महंगो मिनरल वाटरको बोतलको मूल्य ५० लाखभन्दा बढी पर्छ ।
‘एक्वा डी क्रिस्टल्लो ट्रिबुटो ब मोडिगलिएनी’ नामक ब्राण्डको एक बोतल पानीको मूल्य यती धेरै तोकिएको हो । बोतलमा राखिने ७ सय ५० मिलिलिटर पानीका लागि ५० लाख रुपैयाँ मूल्य तोकिएको छ । बोतलमा फ्रान्स र फिजी देशको पानी भरिन्छ । जसमा ५ मिलिग्राम ‘गोल्ड डस्ट’ पाइन्छ ।
यो बोतललाई प्रसिद्ध डिजाइनर फर्नान्डो एल्टामिरानोले बनाएका हुन । जसमा २४ क्यारेट सोलिड सूनको प्रयोग गरिएको छ । सूनका साथै गोल्ड म्याट, सिल्भर, सिल्भर म्याट तथा क्रिएस्टल जडान गरिएको छ । ब्रान्डको सबैभन्दा सस्तो पानीका लागि साढे तीन लाख पर्छ ।

Thursday, February 7, 2013

नेपालमा बनेका सफ्टवेयर र एप्लिकेसन विश्व बजारमा

कुनै जमानामा निर्यात बढाउन धान चामल निकासी कम्पनी खोलेको नेपालले अहिले चामल आयात गरिरहेको छ। धान चामलजस्तै अरु निर्यातयोग्य वस्तुको सूची वर्षेनी घट्दो छ। तर यही बेला निर्यात गरेर आम्दानी गर्न सकिने नयाँ-नयाँ सम्भावनाका ढोका भने खुल्दैछन्। 
नेपालीले आम्दानी गर्न सक्ने यस्तै सम्भावना बोकेको क्षेत्र हो-सूचना प्रविधि। 'मुलुकको समृद्धिका लागि सूचना प्रविधिको विकास नै सबैभन्दा उपयुक्त टुल हो,' नेपाल उद्योग वाणिज्य महासंघका सूचना प्रविधि समितिका संयोजक एवं कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष विप्लपमान सिंह प्रधान भन्छन्, 'हामीले सूचना प्रविधिसम्बन्धी काम गरेर प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्छौँ।' 
नेपालभित्र सञ्चालनमा आएका केही कम्पनीका उदाहरणले सूचना प्रविधि क्षेत्र आम्दानीको राम्रो स्रोत बन्ने देखाएका छन्। अमेरिकी कम्पनी डिटुहकाई (भर्सेक इन्टरनेसनल) यसको गतिलो उदाहरण हो। यसको नेपाली कम्पनी डियरवाक इन्टिच्युटले नेपाली जनशक्ति प्रयोग गरेर अमेरिकाका लागि सफ्टवेयर बनाइरहेको छ। 

Wednesday, February 6, 2013

सुरु भयो प्रविधि मेला

कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित व्यवसायीहरुको संगठन कम्पयुटर एशोसिएसन अफ नेपाल (क्यान)को कम्प्युटर मेला मिदास इन्फोटेक २०१३ राजधानीमा सुरु भएको छ। १९ औं संस्करणको रुपमा सुरु भएको यो प्रविधि मेला नेपालको सबै भन्दा ठूलो कम्प्युटर तथा प्रविधि सम्बन्धी मेला हो। ६ दिन सम्म चल्ने मेलामा कम्प्युटर र प्रविधि क्षेत्रमा भएका पछिल्लो विकास देख्न पाइनेछ। मेलाको उदघाटन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशवप्रसाद भट्टर्राईले गरे। उनले मन्त्रालय विज्ञान तथा प्रविधिको क्षेत्रमा नीतिगत सुधारको पक्षमा रहेको बताए। सचिव भट्टर्राईले सूचना प्रविधिका क्षेत्रमा भएको विकासलाई सरकारले आत्मसाथ गर्न नसकेको बताए। मेलामा कम्प्युटरको क्षेत्रमा विकास भएको नयाँ प्रविधिका साथै मिदास टेक्नोलोजीले विकास गरेको डिजिटल शिक्षा प्रणली विशेष हेर्न लायक हुनेछन्। मिदासका कार्यकारी निर्देशक छत्रहरी कार्कीले आफूहरुले विकास गरेको प्रणालीबाट सरकारले सबै विद्यालयलाई इस्कुल बनाउन सक्ने बताए। क्यानका अध्यक्ष विनोद ढकालले प्रदर्शनीले विश्व र नेपालबीचको प्रविधिको ग्याप साथै नयाँ विकास हेर्न सकिने बताए। मेलामा कुल २२० स्टल छन। जसमा कम्प्युटर, ल्यापटप, एक्सेसरीज, लगायतका उपकरण छन्।

मानिस भन्दा धेरै सर्प भएको गाउँ


तपाईले कहिल्यै सुन्नु भएको छ । यस्तो गाउँ जहाँ मान्छेभन्दा बढी सर्प छन् ? अचम्म लाग्न सक्छ । तर, सत्य कुरा के हो भने चीनमा यस्तो गाउँ छ जहाँ मानिसभन्दा कयौ गुणा धेरै संख्यामा सर्प छन् । जहाँ एक मानिस बराबर तीन हजार सर्प छन् ।
चीनको जिसिकियाओ नामक गाउँमा अजिंगर, कोब्रा तथा वाइपर जस्ता खतरनाक सर्प सजिलै देख्न सकिन्छ । एक अनुमान अनुसार उक्त गाउँमा करिब ३० लाख सर्प छन् । स्थानीय जनसंख्या यती थोरै छ कि एक मानिस बराबर तीन हजार सर्प पर्छन ।
स्थानीय बासिन्दाहरु पनि सर्पहरुसँग कसरी बस्ने भन्नेबारेमा सिकि सकेका छन् । यी मानिसहरु पहिले खेती तथा माछा पालन गर्थे । तर, अहिले उनीहरु पूर्णरुपमा सर्पमा आश्रित छन् । त्यसैले गाउँमा करिब एक सय सैनिक फर्म छन जसमा काठ र सिसाका स–साना बाकसमा सर्पहरुलाई राखिएको छ । जहाँ विश्वभरका सबैभन्दा खतरनाक सर्पका प्रजाति छन् । स्थानीयबासी भने सबैभन्दा बढी ‘फाइव स्टेव’ नामक सर्पसँग डराउँछन । स्थानीयबासीका अनुसार उक्त सर्पले टोकेपछि पाँच कदम चाल्ने वित्तिकै मानिसको मृत्यु हुन्छ, त्यसैले सर्पको नाम फाइव स्टेव राखिएको हो ।

करिब करोड बोक्छन् एनसेल


नीजि क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलको मोबाइल लिनेको संख्याले करोडको आँकडा छुन लागेको छ नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको दूरसञ्चार क्षेत्रको प्रतिवेदनमा उल्लेख मंसिर सम्मको नेपालको मोबाइल तथा टेलिफोन संख्याले यो आँकडा देखाएको हो। प्रतिवेदन अनुसार मंसिर सम्ममा एनसेलको मोबाइल लिनेको संख्या ९० लाख ४५ हजार सातसय ५१ रहेको छ। यो तथ्यांक २०६९ मंसीर सम्मको हो।

एनसेलको मोबाइल चलाउने मध्ये जम्मा २९ लाख १५ हजार चारसय पाँचले मात्र जीपीआरएस, इडीजीइ तथा डब्लुसीडीएमए प्रविधिबाट इन्टरनेट चलाउँछन्। टेलिफोन सेवामा एनसेलको बजार हिस्सा ४८ प्रतिशत रहेको छ। भने इन्टरनेट सेवामा ५१ प्रतिशत बजार हिस्सा एनसेलको रहेको छ। देशमा मंसीर सम्ममा मोबाइलको संख्या एक करोड ६६ लाख आठ हजार ६ सय २२ रहेको छ। भने इन्टरनेट चलाउनको संख्या ५६ लाख ९३ हजार नौसय १३ रहेको छ।

Monday, February 4, 2013

मांसाहारीका लागि मुटु रोग बढी


यदी तपाई शाकाहारी हुनुहुन्छ भने खुसीको खबर छ । एक अनुसन्धानले शाकाहारी मानिसमा मुटुको रोग लाग्ने सम्भावना मांसाहारीको तुलनामा निकै कम हुने देखाएको छ । स्कटल्यान्डमा ४४ हजार ५ सय मानिसहरुमाथि गरिएको उक्त अनुसन्धानले मासु खानेहरुको तुलनामा मुटुको रोग लाग्ने सम्भावना ३२ प्रतिशतले कम हुने देखाएको हो ।

कोलेस्ट्रोलको स्तर, रक्तचाप, तथा तौलमा व्यक्ति स्वस्थ हुने सम्भावना शाकाहारीमा बढी हुन्छ । यो अनुसन्धान अमेरिकी जर्नल क्लिनिकल न्युट्रिसनमा छापिएको थियो ।

पश्चिमा देशहरुमा मुटुको रोगलाई अभिसापका रुपमा लिन्छन । बेलायतमा प्रत्येक वर्ष ९८ हजार मानिसको मुटुको रोगका कारण मर्छन भने २६ लाख मानिसहरु मुटुको रोग लिएरै बाँचेका हुन्छन् । अक्स्फोर्ड विश्वविद्यालयका बैज्ञानिकहरुले १५ हजार १ सय शाकाहारी तथा २९ हजार ४ सय मांसाहारी मानिसहरुमा अनुसन्धान गरेका थियो ।

Sunday, February 3, 2013

Twitter: Account hack affects 250,000 users

A quarter of a million Twitter users have had their accounts hacked in the latest of a string of high-profile internet security breaches. Twitter's information security director Bob Lord said about 250,000 users' passwords had been stolen, as well as usernames, emails and other data.
Affected users have had passwords invalidated and have been sent emails informing them.
Mr Lord said the attack "was not the work of amateurs".
He said it appeared similar to recent attacks on the New York Times and the Wall Street Journal.
The US newspapers reported that their computer systems had been breached by China-based hackers.

यहाँ छन् निशुल्क सफ्टवेयर


सफ्टवेयर, कम्प्युटरलाई के र कसरी भनेर काम गर्न निर्देशन दिने प्रोग्रामहरुको समुह हो। जुन कम्प्युटरको हार्ड डिस्कमा राखिएको हुन्छ र आवश्यक पर्दा कीबोर्ड वा माउसको सहायताले सञ्चालन गरिन्छ। यसलाई कम्प्युटर प्रोग्राम, प्रक्रिया र डकुमेन्टेसनको सञ्चालक पनि भन्न सकिन्छ जसले कम्प्युटरमा डाटा प्रोसेसको काम गर्नका लागि हार्डवेयरहरुको सञ्चालन गर्दछ। जसबाट हामीले चाहेको काम र परिवर्तन कम्प्युटरमा हुन्छ। हामीले दैनिक कम्प्युटर प्रयोगमा यस्ता धेरै सफ्टवेयर चलायरहेका हुन्छौं। जसको मदतले हामी फोटो सम्पादन, पत्रपत्रिका डिजाइन, अक्षर टाइप, वेबसाइट निर्माण, अपलोड साथै पसलका बिलहरु छाप्ने काम पनि गरिरहेका हुन्छौं। अहिले त ठूला साना सबै खालका व्यवसाय र पसलका हिसाब किताब नै कम्प्युटरमा सफ्टवेयरको प्रयोगबाट हुन थालेको छ। तपाइँ हामीले दैनिक रुपमा चलाउने इन्टरनेट अनि फेसबुक चलाउका लागि प्रयोग गर्ने इन्टरनेट ब्राउजर पनि एउटा सफ्टवेयर नै हो। यस्ता सफ्टवेयरहरु निर्माता व्यक्ति वा कम्पनीबाट खरिद गरेर चलाउनुपर्छ। कतिपय सफ्टवेयर भने निशुल्क पनि पाइन्छ।