राजधानी काठमाडौंस्थित होटल याक एन्ड यतीमा गत साता मात्रै ट्याटु मेला सम्पन्न भयो । जसमा थुप्रै स्वदेशी र विदेशीहरुले शरीरका अंग खोपी विभिन्न आकृतिका ट्याटु बनाए । नेपालमा मात्रै होइन विश्वभर ट्याटु बनाउने चलन निके लोकपि्रय मानिन्छ । पुरुष, महिला, बालबालिकादेखि वयक्स र वृद्धहरुले पनि ट्याटु बनाएको पाइन्छ ।
तर, ट्याटु बनाउँदा जसरी शरीर आर्कषक हुन्छ भनिन्छ त्यती नै खतरनाक पनि हुन सक्छ । बेलायतको वेल्स नीति निर्माताहरुका अनुसार ट्याटु बनाउनु भनेको केही हदसम्म एचआईभी र हेपाटाइटिसलाई निम्ता दिनु पनि हो भनेका छन् । स्थानीय प्रशासन एशोसिएसन -एलजीए)का अनुसार गैर कानुनी पार्लरमा ट्याटु बनाउँदा उपकरणहरु स्तरीय हुँदैन र उपकरणहरु राम्रोसँग सफा समेत गरिएका हुने सम्भावना धेरै हुन्छ ।