Tuesday, May 28, 2013

व्यवसायसँगै सामाजिक काम


- लीला घिमिरे

काठमाडौं- व्यापार व्यवसायमा प्रतिस्पर्धा गरिरहेको व्यावसायिक प्रतिष्ठानहरु पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा पनि भिडिरहेका छन् । कम्पनीहरुले व्यवसाय गरिरहेको समाजप्रति उत्तरदायित्व पनि छ है भनेर स्वस्फूर्त रुपमा सहयोग गर्ने परिपाटी सीएसआर हो ।

यसमा कम्पनीहरुले आर्जित नाफाको केही हिस्सा समुदायलाई कुनै न कुनै रुपमा दिने गर्छन् । यसमा नगद, भौतिक सामग्री, छात्रवृति प्रदान गर्ने लगायतका काम गरिन्छ ।

Wednesday, May 1, 2013

धुमपाको असर पुरुषको तुलनामा महिलामा बढी


धुमपान सबैका लागि हानिकारक छ । तर, एक अध्ययनले देखाए अनुसार धुमपानले पुरुषको तुलनामा महिलालाई बढी असर गर्छ । नर्वेका अनुसन्धानकर्ताले पत्ता लगाए अनुसार करिब ६० लाख बिरामीमा गरिएको अनुसन्धानमा पुरुषको तुलनामा महिलालाई धुमपानले दोब्बर हानी गर्ने देखिएको हो । त्यस्तै क्यान्सर इपिडिमिओलोजी, बायोमेकर्स तथा पि्रभेन्सन रिपोर्टले देखाए अनुसार महिलामा धुमपानले १९ प्रतिशत रिक्स हुन्छ भने पुरुषलाई मात्र ९ प्रतिशत मात्रै रिक्स हुने देखाएको छ ।

केही समय अगाडि मात्रै करिब ४ हजार बिरामीमा गरिएको अनुसन्धानमा १६ वर्षको उमेरदेखि महिलाले धुमपान सुरु गर्छन । जसले एक दशकभन्दा बढी समयसम्म धुमपान गर्छन उनीहरुलाई आन्द्राको क्यान्सर हुने सभ्भावना प्रवल हुन्छ ।