Friday, January 25, 2013

फेसबुकमा ९९ डलर प्रेमिका


प्रेमी वा प्रेमिका हुनु यतिखेर प्रतिष्ठा कै सवाल हुन थालिसकेको छ। कसैले एरेन्ज म्यारिज अर्थात् परम्परागत विहे गरेको रै छ भने त त्यो अचम्म हुने जमाना आइसक्यो। बाबुआमाले खोजेको केटा वा केटीसँग विहे गर्नेहरुको संख्या दिनानुदिन घटिरहेको सरकारले गरेकै अध्ययनहरुले देखाइरहेका छन्। सामाजिक सञ्जालको विकासले त झन यो प्रेमी र प्रेमिकाको विषय अनलाइन प्रतिष्ठा र गौरबको बनाइदिएको छ। फेसबुक जस्ता सामाजिक सञ्जालले राखेका इन अ रिलेसनसिप वीथ भनेर सम्बन्ध जनाउने शाब्दिक अप्सनले धेरैलाई आफ्नो प्रेम प्रदर्शन गर्ने बाटो बनाइदिएका छन्। अनलाइन डेटिङ अनि फेसबुक फ्लटिङले गर्दा सामाजिक सञ्जालमा पनि अनौठो प्रेममय वातावरण बनिरहेको छ।
समाजमा आफ्नो गतिविधि देखाउने माध्यम भएकाले पनि सामाजिक सञ्जालमा आफ्ना सम्बन्ध, सर्म्पर्कको बारेमा उल्लेख गरिन्छन्। जसले आफूलाई अरुभन्दा विशेष देखाओस्। नेपाली सन्दर्भमा त पहुँच देखाउने माध्यम पनि हो फेसबुक जस्ता सामाजिक सञ्जाल। त्यसैले त समाचारका लागि नेता कहाँ पुगेका पत्रकार उनीहरुसँग उभिएर फोटो खिच्छन् अनि फेसबुकमा अपलोड गर्छन्। यस्तो देखावटी चरित्र प्रेमका मामलामा पनि हुन्छ। आफूले मन पराएकी तर आफूलाई बाल नदिएको केटा वा केटीलाई देखाउनका लागि पनि धेरैले आफू कसैसँग प्रेम सम्बन्धमा रहेको जनाउँछन् फेसबुकमा। आफैले नक्कली प्रोफाइल बनाएर प्रेमसम्बन्धमा रहेको भनेर केटा वा केटीको प्रोफाइललाई जोड्नेहरु पनि प्रसस्त भेटिन्छन फेसबुकमा। आममानिसहरुको त्यसखालको मनोविज्ञानलाई अध्ययन गरेर ब्राजिलका केही युवाले भने फेसबुक प्रेमलाई व्यवसायको माध्यम नै बनाएका छन्।

फेसबुकमा आफ्नो ब्रेकअप भएको केटा वा केटीसाथीलाई जलाउने देखी साथीभाईका बीच आफ्नो गर्लफ्रेण्ड नभएको अवस्था देखाएर कमजोर नदेखिन चाहनेका लागि सहयोग गर्न वेबसाइट नै सञ्चालनमा आएको छ। ब्राजिलकका युवाले सञ्चालनमा ल्याएको सो वेबसाइटले आफ्नो पूर्व प्रेमिका वा भरखरै ब्रेकअप भएकीलाई ध्वाँस जमाउन वा जलाउन तपाइँलाई सहयोग गर्नेछ। उसले सामाजिक सञ्जाल फेसबुकका लागि तपाइँलाई गर्लफ्रेण्ड अर्थात् प्रेमिका मिलाइदिने छ। त्यसका लागि तपाइँले १० देखी १०० डलर सम्म तिर्नुपर्छ। र ती प्रेमिकासँग सामाजिक सञ्जालमा तीन देखी ३० दिन सम्म माया साट्न सक्नुहुन्छ।

उक्त वेबसाइटले जनाए अनुसार उनीहरुको विभिन्न प्लानमा रहेर तपाइँका लागि फेसबुकमा प्रेमिका उपलब्ध हुनेछिन्। नमोरोफेक डट कम नामक उक्त वेबसाइटले तपाइँका लागि एउटा प्रेमीका उनको फेसबुक प्रोफाइल र उनका तर्फाबाट कमेन्टहरुको पनि व्यवस्था मिलाइदिनेछ। यस्तो सुविधा लिने विश्वमा कति होलान् त्यो भने अगणित छ किन भने वेबसाइटले संख्या उल्लेख नगरी यसखालको सुविधा धेरैलाई दिइरहेको मात्र उल्लेख गरेको छ। वेबसाइटले यतिखेर पुरुषका लागि महिलाहरुको मात्र व्यवस्था गरेको छ। र त्यसलाई छिटै बढाएर महिलाका लागि पनि प्रेमीको व्यवस्था गर्ने जनाएको छ। वेबसाइटका सञ्चालक एवं संस्थापक फाल्भियो स्टेभेनले जीवान न्यूज पोर्टलमा छिटै महिलाका लागि पनि यस्तै खालको सुविधा सुरु गर्ने उद्घोष गरिसकेका छन्।

यतिखेर भने वेबसाइटमा सिग्निफायर, पूर्वप्रेमिका, प्रेमिका र भर्चुअल प्रेमीका चार क्याटागोरीमा प्रेमिका सेवा उपलब्ध छ। जसका लागि १० देखी ९९ डलर सम्म तिर्नुपर्छ। उनीहरुको सेवा र दिन अनुसारको पैसा भने तिर्नुपर्छ। ३९ डलरकी प्रेमिकाले १० कमेन्ट गर्छिन सात दिनका लागि। यदी महिनाभरको लागि यसखालकी गर्लफ्रेण्ड चाहनुहुन्छ भने ९९ डलर खर्च गर्नुपर्ने हुन्छ। वेबसाइटले सबै खालका प्रेमिका वास्तविक मानिस नै भएको पनि जनाएको छ।
doorsanchar.com


No comments:

Post a Comment