Wednesday, February 6, 2013

मानिस भन्दा धेरै सर्प भएको गाउँ


तपाईले कहिल्यै सुन्नु भएको छ । यस्तो गाउँ जहाँ मान्छेभन्दा बढी सर्प छन् ? अचम्म लाग्न सक्छ । तर, सत्य कुरा के हो भने चीनमा यस्तो गाउँ छ जहाँ मानिसभन्दा कयौ गुणा धेरै संख्यामा सर्प छन् । जहाँ एक मानिस बराबर तीन हजार सर्प छन् ।
चीनको जिसिकियाओ नामक गाउँमा अजिंगर, कोब्रा तथा वाइपर जस्ता खतरनाक सर्प सजिलै देख्न सकिन्छ । एक अनुमान अनुसार उक्त गाउँमा करिब ३० लाख सर्प छन् । स्थानीय जनसंख्या यती थोरै छ कि एक मानिस बराबर तीन हजार सर्प पर्छन ।
स्थानीय बासिन्दाहरु पनि सर्पहरुसँग कसरी बस्ने भन्नेबारेमा सिकि सकेका छन् । यी मानिसहरु पहिले खेती तथा माछा पालन गर्थे । तर, अहिले उनीहरु पूर्णरुपमा सर्पमा आश्रित छन् । त्यसैले गाउँमा करिब एक सय सैनिक फर्म छन जसमा काठ र सिसाका स–साना बाकसमा सर्पहरुलाई राखिएको छ । जहाँ विश्वभरका सबैभन्दा खतरनाक सर्पका प्रजाति छन् । स्थानीयबासी भने सबैभन्दा बढी ‘फाइव स्टेव’ नामक सर्पसँग डराउँछन । स्थानीयबासीका अनुसार उक्त सर्पले टोकेपछि पाँच कदम चाल्ने वित्तिकै मानिसको मृत्यु हुन्छ, त्यसैले सर्पको नाम फाइव स्टेव राखिएको हो ।

चीनका रेष्टुराँ तथा होटलहरुमा सर्पको मासु निकै लोकप्रिय मानिन्छ । त्यस्तै, औषधी उद्योगका लागि पनि सर्पको प्रयोग गरिन्छ । यहाँका मानिसहरु सर्प वर्ष पनि मनाउँछन । जसको सुरुवात यही हप्तादेखि सुरु भएको छ । स्थानीयहरु नयाँ वर्षमा दोब्बर नाफा हुने विश्वास गरेका छन् ।












No comments:

Post a Comment