Wednesday, February 6, 2013

सुरु भयो प्रविधि मेला

कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित व्यवसायीहरुको संगठन कम्पयुटर एशोसिएसन अफ नेपाल (क्यान)को कम्प्युटर मेला मिदास इन्फोटेक २०१३ राजधानीमा सुरु भएको छ। १९ औं संस्करणको रुपमा सुरु भएको यो प्रविधि मेला नेपालको सबै भन्दा ठूलो कम्प्युटर तथा प्रविधि सम्बन्धी मेला हो। ६ दिन सम्म चल्ने मेलामा कम्प्युटर र प्रविधि क्षेत्रमा भएका पछिल्लो विकास देख्न पाइनेछ। मेलाको उदघाटन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशवप्रसाद भट्टर्राईले गरे। उनले मन्त्रालय विज्ञान तथा प्रविधिको क्षेत्रमा नीतिगत सुधारको पक्षमा रहेको बताए। सचिव भट्टर्राईले सूचना प्रविधिका क्षेत्रमा भएको विकासलाई सरकारले आत्मसाथ गर्न नसकेको बताए। मेलामा कम्प्युटरको क्षेत्रमा विकास भएको नयाँ प्रविधिका साथै मिदास टेक्नोलोजीले विकास गरेको डिजिटल शिक्षा प्रणली विशेष हेर्न लायक हुनेछन्। मिदासका कार्यकारी निर्देशक छत्रहरी कार्कीले आफूहरुले विकास गरेको प्रणालीबाट सरकारले सबै विद्यालयलाई इस्कुल बनाउन सक्ने बताए। क्यानका अध्यक्ष विनोद ढकालले प्रदर्शनीले विश्व र नेपालबीचको प्रविधिको ग्याप साथै नयाँ विकास हेर्न सकिने बताए। मेलामा कुल २२० स्टल छन। जसमा कम्प्युटर, ल्यापटप, एक्सेसरीज, लगायतका उपकरण छन्।

http://doorsanchar.com/?p=5257

No comments:

Post a Comment