Monday, February 4, 2013

मांसाहारीका लागि मुटु रोग बढी


यदी तपाई शाकाहारी हुनुहुन्छ भने खुसीको खबर छ । एक अनुसन्धानले शाकाहारी मानिसमा मुटुको रोग लाग्ने सम्भावना मांसाहारीको तुलनामा निकै कम हुने देखाएको छ । स्कटल्यान्डमा ४४ हजार ५ सय मानिसहरुमाथि गरिएको उक्त अनुसन्धानले मासु खानेहरुको तुलनामा मुटुको रोग लाग्ने सम्भावना ३२ प्रतिशतले कम हुने देखाएको हो ।

कोलेस्ट्रोलको स्तर, रक्तचाप, तथा तौलमा व्यक्ति स्वस्थ हुने सम्भावना शाकाहारीमा बढी हुन्छ । यो अनुसन्धान अमेरिकी जर्नल क्लिनिकल न्युट्रिसनमा छापिएको थियो ।

पश्चिमा देशहरुमा मुटुको रोगलाई अभिसापका रुपमा लिन्छन । बेलायतमा प्रत्येक वर्ष ९८ हजार मानिसको मुटुको रोगका कारण मर्छन भने २६ लाख मानिसहरु मुटुको रोग लिएरै बाँचेका हुन्छन् । अक्स्फोर्ड विश्वविद्यालयका बैज्ञानिकहरुले १५ हजार १ सय शाकाहारी तथा २९ हजार ४ सय मांसाहारी मानिसहरुमा अनुसन्धान गरेका थियो ।


पछिल्लो ११ वर्षमा १ सय ६९ मानिसहरु मुटुको रोग लागेर मरेका थिए । त्यस्तै १ हजार ६६ जना उपचारका लागि अस्पताल जानु परेको थियो । जसमा शाकाहारिको तुलनामा मांसाहारी निकै बढी थिए ।

No comments:

Post a Comment