Tuesday, February 19, 2013

आठ वर्षे यु–ट्युबका पाँच अनौठा कुरा


भिडियो अपलोड गर्ने विश्वको बहुचर्चित वेबसाइट यु–ट्युब साता आठ वर्षमा पाइला टेकेको छ । यो वेबसाइटमा प्रत्येक महिना ८० करोडभन्दा बढी मानिसले अर्बौ घण्टाभन्दा बढी समय बिताउँछन । अहिले वेबसाइटको मूल्य करिब ६० अर्बदेखि ७२ अर्ब डलर छ । 


अपलोड गरिएको पहिलो भिडियो 
१४ फेबु्रअरी २००५ मा तीन जना स्टिव चेन, चाड हर्ली तथा जावेद करिममिलेर भिडियो अपलोड गरेका थिए । उक्त भिडियो जम्मा १९ सेकेन्डको थियो । जसमा चिडियाखानामा बाघलाई सुट गरिएको थियो । सन् २००५ मा अपलोड भएको भिडियो अहिलेसम्म १ करोडभन्दा बढी पटक हेरिएको छ ।

गुगलले अर्बौ खर्चियो
यु–ट्युबको लोकप्रितालाई देखेर सुरु भएको केही महिनामै गुगलले अर्बौ डलरमा यु–ट्युब किनेको थियो । त्यसको केही वर्षपछि गुगलका मुख्य कार्यकारी अधिकारी एरिक स्मितले यूट्युबको मूल्य १ अर्ब ३० करोड मूल्य रहेको र अरु कम्पनीलाई रोक्ने उद्देश्यले गुगलले दोब्बरभन्दा बढी मूल्य खर्चेर यूट्युब खरिद गरेको जानकारी दिएका थिए । गुगलको माध्यमबाट यु–ट्युबका भिजिटर पनि तीवं्र गतीमा बृद्धि भए ।

टिभी तथा सिनेमा जस्तै प्लार्टफर्म
केही व्यक्तिहरु अहिले यूट्युवलाई टेलिभिजन  तथा सिनेमाको बिकल्पका रुपमा प्रयोग गर्दै आएका छन् । यू ट्युबमा केही मौलिक भिडियो अपलोड गर्ने र त्यसैबाट आम्दानी पनि गर्नेहरुको संख्या पनि ठूलो छ । कम्पनीका अनुसार वेबसाइटको २० प्रतिशत ट्राफिक मोबाइल प्रयोगकर्ताबाट आउँछ ।

यु–ट्युबले बनायो स्टार
यु–ट्युवले धेरै व्यक्तिलाई पनि स्टार बनायो । यु–ट्युबमा अपलोड गरिएको भिडियो कै कारण धेरै व्यक्ति विश्व प्रसिद्ध भए । ‘बेबी...’ बोलको गीतबाट जस्टिन बेइबर तथा ‘गङनम स्टाइल...’ गाएर कोरियाली गायक पीएस वाईले लोकप्रियता कमाए ।

कपिराइट बिबाद
भिडियो अपलोड गर्ने यो वेबसाइटमा केही मानिसहरुले दुःख समेत दिएका छन् । विभिन्न टेलिभिजन स्टूडियो तथा रिकार्ड कम्पनीहरुले कपिराइटको दाबी समेत गरेका छन् । तर गुगलले भने जब कम्पनीलाई यसबारेमा जानकारी हुन्छ तुरुन्तै हटाउने गरेको जानकारी दिएको छ ।

No comments:

Post a Comment