Thursday, November 22, 2012

जनवरीमा ग्यालेक्सी एस ४ आउने


यो वर्ष जस्तै आगामी वर्ष पनि स्मार्टफोनको बजारमा नयाँ विशेषतासँगै थप स्मार्ट फोनको प्रवेश हुने भएको छ । स्मार्टफोन निर्माण कम्पनीहरू अझ धेरै विशेषताका साथ प्रतिष्प्रर्धी बजारमा उतर्ने तयारीमा छन् ।

यो वर्ष ‘आईफोन ५’ ल्याएको एप्पलले आगामी वर्ष ‘आईफोन ५ एस’ ल्याउने तयारीमा जुटेका बेला अर्को मोबाइल कम्पनी सोनीले पनि प्रतिष्प्रर्धामा सहभागी हुन नयाँ स्मार्टफोन लञ्चको तयारीमा छ ।


यस्तोमा स्मार्टफोनको बजारमा विश्वको सबैभन्दा ठूलो हिस्सा ओटगेको सामसुङले पनि बजारमा आफ्नो पकड बनाइराख्न नयाँ स्मार्टफोन ल्याउने भएको छ । स्मार्टफोनको बजारमा यो वर्ष सबैभन्दा बढी बिक्री भएको ‘ग्यालेक्सी एस ३’ लाई सामसुङले नयाँ भर्जनका साथ ‘ग्यालेक्सी एस ४’ का रुपमा लञ्च गर्नेछ । ग्यालेक्सी  एस ४ सन् २०१३ को जनवरी वा फेब्रुअरीसम्ममा बजारमा आउने सम्भावना छ ।

‘ग्यालेक्सी एस ४’ मा २.० न्ज्श प्रोसेसर तथा ८ कोर GPU हुनेछ । त्यस्तै, ४.९९ इञ्च डिस्प्ले HD_ AMOLLED  प्रविधि जडित हुनेछ । अहिलेसम्म HD डिस्प्ले प्रविधिको प्रयोग HTC, Sharp, Lenovo जस्ता कम्पनीहरुले प्रयोग गर्दै आएका थिए । एस ४ मा १०८० पिक्सल तथा पिक्सल डेन्सिटी ४४२ पिक्सल प्रति इञ्च हुनेछ । त्यस्तै, १३ मेगापिक्सलको क्यामरा हुनेछ । ‘ग्यालेक्सी एस ३’ मा भने ८ मेगापिक्सलको क्यामरा छ । एन्ड्रोइड अपरेटिङ सिस्टम र ३ जीबी ¥यामका साथ आउने ‘एस ४’ मा ४ जी तथा एलटीईलगायतको सुविधा समेत हुनेछ ।

No comments:

Post a Comment