Wednesday, November 28, 2012

बढ्दैछन् मोबाइल लिने

मोबाइल, सञ्चारको साधन मात्र नभएर स्टाटस सिम्बोल पनि बनिसकेको छ। त्यसो त जीवनशैली र दैनिकीको अहम् हिस्सा बनेको छ। स्टेशनरी देखी पानपसल सम्म नागरिकताको फोटोकपी र एउटा फोटो बुझाएपछि पाइने भएकाले पनि मोबाइल बोक्नेहरुको संख्या बढिरहेको छ।
त्यसमा पनि मोबाइलमा अनेकन सुविधा उपलब्ध हुन थालेका छन्। सस्तो दाममा स्मार्ट फोन पाउन थालेपछि धेरैका लागि कम्प्युटर नै मोबाइल हुन थालेको छ। इन्टरनेट चलाउन देखी सामाजिक सञ्जालमा फोटो अपलोड गर्न र अनेकन स्टाटस लेख्न साथै कमेन्ट गर्नका लागि मोबाइल फोन प्रयोग गर्नेको संख्या बढिरहेको छ। फेसबुकका पेजमा मोबाइलबाट अपलोड गरिएको तस्विर तथा अपडेट भएको स्टाटसका सिम्बोल देखिने क्रम पनि बढिरहेको छ। मोबाइल फोन बोक्नेको संख्या बढिरहेको दूरसञ्चार प्राधिकरणको तथ्यांकले पनि देखाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले तथ्यांक अनुसार भदौ सम्ममा मोबाइल फोन लिनेको संख्या एककरोड ५८ लाख १० हजार छ सय २१ छ। केन्द्रीय तथ्यांक विभागले गरेको जनगणना अनुसार देशको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँचसय चार रहेको छ। जसको अनुपातमा मोबाइल फोनको चाप ५९ दशमलव ६७ प्रतिशत रहेको छ। जसमध्ये सबै भन्दा धेरै मोबाइल लिनेहरु नीजि दूरसञ्चार कम्पनी एनसेलका छन्। एनसेलका मात्र ८६ लाख तीन हजार दुइसय २३ मोबाइल प्रयोगकर्ता रहेका छन्। यो जिएसएम मोबाइलको संख्या हो। राज्यको ९२ प्रतिशत लगानी रहेको नेपाल टेलिकमको जीएसएम मोबाइल लिनेको संख्या भने ६३ लाख ७४ हजार पाँचसय ३४ रहेको छ। टेलिकमको सीडीएमए मोबाइल लिनेको संख्या आठ लाख ३२ हजार आठसय ६४ रहेको छ। जीएसएम र सीडीएमए गरेर टेलिकमको मोबाइल प्रयोगकर्ताको संख्या ७२ लाख सात हजार तीनसय ९८ रहेको छ। जीएसएम मोबाइल लिनेको संख्या मात्र एक करोड ४९ लाख ७७ हजार सातसय ५७ रहेको छ।
source : doorsanchar.com
 

No comments:

Post a Comment