Tuesday, November 27, 2012

‘आमाघर’लाई एनसेलको १७ लाख २१ हजार सहयोग


निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेलले कालिमाटीस्थित वृद्धाश्रम ‘आमाघर’लाई १७ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ । ‘एनसेल एक्सप्रेस’ उपहार योजना अन्तर्गत अन्तिम साताको विजेता घोषणका लागि सोमबार सोल्टि होटलमा आयोजित कार्यक्रमका बीच एनसेलका चिफ फाइनान्स अफिसर टोमि होलोपाइनेनले आमाघरकी दिलशोभा श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।


गत वर्ष सञ्चालन गरिएको उपहार योजना अन्तर्गत कार बिजेताले हालसम्म पनि उपहार दाबी गर्न नआएपछि कारको मूल्य बराबरको नगद सहयोग आमाघरलाई दिएको एनसेलले जानकारी दिएको छ । जसको नाममा सिम छ उसैले मात्र उपहार पाउने भएकाले उपहार दाबी गर्न कोही पनि नआएको एनसेलकी सञ्चार निर्देशक सञ्जु कोइरालाले जानकारी दिइन् ।

कार्यक्रममा एनसेल एक्सप्रेस उपहार योजना अन्तर्गत बम्पर उपहारको समेत घोषणा गरिएको थियो । जसमा १०००४५९८२७७ नम्बरको टिकटलाई हुण्डाई कार परेको छ भने १००००४४०९१३ नम्बरको टिकटले नगद १० लाख रुपैयाँ पाएको छ ।


 योजनाको नवौ साताको विजेता कैलालीका मिथुनकुमार चौधरीले केटीएम ड्युक मोटरसाइकल, सिराहका रमिन कुमार मण्डललाई होम मेकर अप्लाएन्स, बर्दियाका भीमबहादुर चौधरीलाई ल्यापटप तथा रौतहटका रविलाला चौधरीलाई सामसुङ ग्यालेक्सि एस थ्रि उपहार पाएका छन् । त्यस्तै, १ हजार ५ सयले ५ सय रुपैयाँको मेन ब्यालेन्स तथा २ सय जनाले स्मार्ट फोन पाएका छन् ।

No comments:

Post a Comment