Saturday, November 24, 2012

एनसेलले ल्यायो नानो सिम



आर्इफोन ५ का ग्राहकहरूलार्इ खुसीको खबर । निजी क्षेत्रबाट सञ्चालित मुलुकको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेलले आर्इफोन ५ मा प्रयोग हुने नानो सिम बजारमा ल्याएको छ । गत भदैा महिनामा विश्व बजारमा एप्पल कम्पनीले आर्इफोन ५ सार्वजनिक गरेको थियो ।

आर्इफोन ५ मा परम्परागत सिमको साटो नानो सिम प्रयोग हुने भएपछि ग्राहकहरू मर्कामा परेका थिए । तर, एनसेलले नानो सिम उपलब्ध गराएपछि भने आर्इफोन ५ का ग्राहकहरूलार्इ मोबाइल प्रयोग गर्न सहज हुने भएको हो ।



नानो सिम परम्परागत सिम कार्डभन्दा ३० प्रतिशत सानो हुन्छ । एनेलका अनुसार नानो सिमको मूल्य अन्य सिम सरह नै हुने छ । नानो सिम एनसेल केन्द्रमा हुने एनसेलले जानकारी दिएको  छ । 


यस अघि एनसेलले मंसिरको दोस्रो सातासम्ममा नानो सिम उपलब्ध गराउने घोषणा गरेको थियो ।
आइफोनका फाइभभन्दा अघिल्लो 'फोर' र 'फोर-एस' मा माइक्रो सिमकार्ड लाग्थ्यो। परम्परागत सिमकार्डलाई काटेर माइक्रो सिम बनाउन मिल्छ।

यसअघि नानो सिम नेपाली मोबाइल कम्पनीहरूले ल्याएका थिएनन् । नानो सिमको बिकल्पमा आर्इफोन ५ का ग्राहकहरूले भने परम्परागत सिमलार्इ काटेर प्रयोग  गर्दै आएका थिए । तर, त्यसरी काटेर प्रयोग गर्दा बिग्रने र केही फिचर्सहरू समेत नचल्ने अवस्था आएपछि ग्राहकहरू अप्ठ्यारोमा परेका थिए । 

No comments:

Post a Comment