Friday, November 30, 2012

दिगम्बर बन्लान् अध्यक्ष?


सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ। मन्त्रालय स्रोतले अध्यक्षमा नियुक्तिका लागि तीन जनाको नाम छानिएको जानकारी दियो। बुधबार मात्र अध्यक्षका लागि निवेदन दिएका सात जनाको अर्न्तवार्ता लिएर सकिएको थियो। ती मध्येबाट तीनजना अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्ने प्रावधान रहेको छ।

मन्त्रालय स्रोतले अध्यक्ष नियुक्त हुने सम्भावना भएकाहरुमा सबै भन्दा बढी सम्भावना दिगम्बर झाको रहेको बतायो। झा यस अगाडि नेपाल आयल निगमका कार्यकारी निर्देशक थिए। उनी पछि अनिल झा र विश्वनाथ गोयल छन्। नेपाल टेलिकमलाई सफल बनाउनुको श्रेय पाएका सुगतरत्न कंशाकार भने अध्यक्षको दौडमा पछाडि परेको बताइन्छ। मन्त्रालयले बुधबार लिएको अर्न्तवार्तामा सुगतरत्न कंसाकार, विश्वनाथ गोयल, अनिल झा, केदारजंग थापा, श्रीभद्र वाग्ले, राजिव कुमार गुप्ता र दिगम्बर झा सहभागी थिए।
अध्यक्षको दौडमा रहेका मध्ये मधेशी मुलका दिगम्बर झा, विश्वनाथ गोयल, अनिल झा बीच नै कडा प्रतिस्पर्धा रहेको बताइन्छ। तीन जना मध्ये जसको बढी राजनीति पहुँच साबित हुन्छ त्यही अध्यक्ष बन्ने अनुमान गरिएको थियो। टेलिकमलाई सफल बनाएको श्रेय साथै नेपाल वायुसेवा निगममा पनि नियुक्ति पाएका कंसाकार त्यहाँ पनि सफल नै मानिएका थिए। उनको यस भन्दा अगाडिका सरकारी निकायमा भएको लगातारको नियुक्ति र सफलताले उनलाई नै दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद मिल्ने पनि अनुमान थियो।
doorsanchar.com

No comments:

Post a Comment