Thursday, November 29, 2012

विन्डोज ८ को ४ करोड लाइसेन्स बिक्री

विश्वबजारमा सार्वजनिक भएको एक महिनामा माइक्रोसफ्टले अपरेटिङ सिस्टम ‘विन्डोज ८’को ४ करोड लाइसेन्स बिक्री गरेको बताएको छ । विन्डोजको नयाँ भर्सन गत अक्टोबर २६ मा बजारमा सार्वजनिक भएको थियो ।


पिसीका साथै मोबाइल तथा ट्यावलेटलगायतका सफ्टवेयरका लागि समेत काम लाग्ने गरी निर्माण गरिएको विन्डोज ८ को प्रयोग अहिलेसम्म कतिले गरे भने तथ्यांक आएको छैन् ।

पिसी निर्माणकर्ताहरुलाई ४ करोड लाइसेन्स बिक्री गरिए पनि सबै प्रयोगमा नआएकाले प्रयोगकर्ताहरुको संख्या यकिन नभएको हो । यसअघिको विन्डोज  भन्दा निकै सरल स्टार्ट अप, स्क्रिनलक, नोटिफिकेसनलगायतका सुविधा यसमा राखिएका छन् ।

भिडियो हेर्नुहोस

No comments:

Post a Comment