Thursday, November 22, 2012

१८ सय आठ रुपियाँमै ट्याब्लेट

नयाँ दिल्ली, कात्तिक २६ (एजेन्सी) - विश्वको सबैभन्दा सस्तो ट्याब्लेट आकाशको नयाँ परिस्कृत संस्करण आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नयाँ दिल्लीमा सार्वजनिक गरेका छन्। यसको मूल्य भारु ११३० रुपियाँ (नेपाली रुपियाँ १८०८) मात्र पर्छ। विद्यार्थीका लागि लक्षित यो ट्याब्लेट आकाश २ सुरुमा इन्जिनियरिङ कलेजहरु र विश्वविद्यालयहरुमा उपलब्ध गराइनेछ।


एक गिगाहर्जको प्रोसेसर भएको यो ट्याब्लेटमा ५१२ एमबीको र्‍याम र सात इञ्चको टच स्क्रिन छ। तीन घण्टा वाइफाइ चलाउन मिल्ने ब्याट्री भएको यो ट्याब्लेटमा ८००X४८० पिक्सेलको स्क्रिन रेजोल्युसन छ। यसमा एन्ड्रोइड ४.० अर्थात् आइसक्रिम स्यान्डविच अपरेटिङ सिस्टम छ। चार जीबीको इन्टरनल फ्लास मेमोरी भएको यो ट्याब्लेटमा माइक्रो एसडी कार्ड राखेर ३२ जीबीसम्म बढाउन मिल्छ।

No comments:

Post a Comment