Monday, December 10, 2012

संसार ध्वस्तबारे केही रोचक जानकारी

bbc.com
२१ डिसेम्बर २०१२ मा अर्थात संसार ध्वस्त हुने दिन । यो समाचार अहिले विश्वभर हट न्यूजका रुपमा उदाएको छ । डिसेम्बर २१ नजिकिँदै जाँदा यसले उत्पन्न गराउने डर र त्रासले धेरैको मनमा हलचल मच्चाइसकेको छ ।

मंगल ग्रहमा जीवनको अंश खोजिमा सक्रिय अन्तरिक्षाबारे अध्ययन गर्ने अमेरिकी एजेन्सी नासाले समेत विश्वको अन्त्यको सम्भावनाबारे अध्ययन गरिसकेको छ । नासाले अध्ययन पश्चात यती छिट्टै विश्वको अन्त्य नहुने र निराश भैसक्ने अवस्था नहरेको बताइसकेको छ ।

यसअघि सन् २००३ मा यस्तै भविष्यवाणी गरिएको थियो । त्यसअघि ३१ डिसेम्बर १९९९ मा संसार ध्वस्त हुने भनि भविष्वाणी नगरिएको होइन तर, ती सबै समाचारहरु गलत सावित भैसकेका छन् । त्यस्तै, सन् १९९० को दशकमा करिब ६ पटक संसार ध्वस्त हुने भ्रमित समाचार बाहिर आएका थिए ।


अझ त्यसअघिसम्म जाने हो भने सन् १८४० पछिका हरेक दशकमा दुई तीन पटक संसार ध्वस्त हुने समाचार निरन्तर आइरहेका छन् । यसको सुरुवात प्राचिन रोमको समयदेखि नै सुरु भएको थियो ।

यो वर्ष समाचार एजेन्सी रोयटर्सले गरेको एक सर्वेक्षणमा प्रत्येक चार अमेरिकीमध्ये एक र विश्वभरमा हरेक ७ मानिसमध्ये एकले आफ्नै जीवनकालमै संसार ध्वस्त हुने विश्वास गर्छन् । जबकी बेलायतमा हरेक १२ मानिसमध्ये एकलाई यस्तो कुरामा विश्वास गर्छन् ।

खगोलविद्हरुका अनुसार पृथ्वी नामक ग्रह जीवितै रहन भने सक्दैन् । पृथ्वीसँग ७.५ अर्ब वर्ष अझै पनि समय छ । त्यसपछि मात्र पृथ्वी सुर्यसँग विलिन हुनेछ । तर, मानिसहरु भने त्यस हुनुभन्दा धेरै वर्ष अगाडि नै पृथ्वीबाट गायव भैसकेका हुनेछन् ।

No comments:

Post a Comment