एप्पल म्यापमा भएको गलत जानकारीका कारण मानिसको ज्यान जोखिममा पर्नेबारे अष्ट्रेलिया प्रहरीले प्रयोगकर्तालार्इ चेतावनी दिएको छ । एप्पलमा म्यापमा गलत जानकारी भएको र जसले गर्दा मानिस गलत गन्तव्यमा पुग्न सक्ने भएकाले प्रयोगकर्तालाई यसबारे बच्नका लागि चेतावनी दिएको हो ।विक्टोरिया प्रहरीका बरिष्ठ अधिकारी शेरान डार्सिका अनुसार प्रहरीले एप्पल म्यापलाई परीक्षण गर्दा आफूहरु मिलडूरा सनसेट नेशनल फार्कको बीचमा पुगिएको थियो । जबकी उक्त स्थान ७० किलोमिटरको दूरीमा थियो । उक्त स्थानमा पानीको व्यवस्था समेत नभएको र तापक्रम ४६ डिग्रीसम्म पुगेको उनले बताए । त्यसैले एप्पल म्यापको साटो अरु विकल्पबारे सोच्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।
एप्पल म्याप सफ्टवेयर गत सेप्टेम्बरमा सार्वजनिक भएका थियो । तत्कालिन समयमै यसको निकै आलोचना समेत भएको थियो । गत हप्ता मात्रै एप्पलका कार्यकारी अधिकारी टिम कुकले एप्पल म्यापमा केही कमजोरीहरु भएको स्वीकार गर्दै त्यस्ता समस्यालाई हटाउने प्रयास जारी रहेको बताएका थिए ।
No comments:
Post a Comment