Tuesday, December 18, 2012

नोकियाको सस्कँदो बजारको असर फिनल्याण्डको अर्थतन्त्रमा


bbc.com
कुनै समय नोकिया ब्राण्ड मोबाइलको पर्यायवाची जस्तै थियो । विश्वभरमा नोकियाको ठूलौ हिस्सा थियो । जसको तुलनामा अन्य ब्राण्डको निकै कम हिस्सा थियो । फिनल्याण्डको मोबाइल कम्पनी नोकियाले दिनप्रतिदिन आफ्नो हिस्सा बढाउँदै थियो । तर, जब मोबाइल बजारमा स्मार्टफोनले प्रवेश ग¥यो । नोकियाको दबदबा बिस्तारै कम हुँदै गयो । अन्य ब्राण्डका सस्ता र आर्कषक स्मार्टफोनले आम जनमानसमा पहुँच पु¥याएपछि नोकियाको लाकप्रियता कम हुँदै गयो 

अहिले उक्त कम्पनीको खस्कँदो बजार हिस्साको सोझो असर कम्पनीका कर्मचारीहरुमा परेको छ । अहिले हजारौ कर्मचारीको रोजगारी खोसिने अवस्था सिर्जना भएको छ । नोकियाको बजार हिस्सा कम हुँदै गर्दा फिनल्याण्डको अर्थव्यवस्थामा समेत गहिरो असर परेको छ ।

फिन्ल्याण्डका प्रधानमन्त्री जिर्की केटइनेनले नोकियाले देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै गिर्दो नोकियाको बजारप्रति चिन्ता व्यक्त गरे । खस्कँदो नोकियाको बजारले फिनल्याण्डको अर्थव्यवस्था कमजोर हुने पक्का छ । 

सन् २००० मा नोकियाले फिनल्याण्डको जीडीपीमा ४ प्रतिशत योगदान दिएकोमा सन् २००१ मा जीडीपी आधा प्रतिशतमा समेटिएको थियो । नोकियाले गत जुनमा संसार भरबाट १० हजार रोजगारी कटौती गर्ने धोषणा गरेको थियो । जसमध्ये कुन कर्मचारीको ४० प्रतिशत हिस्सा रहेको फिनल्याण्डबाट ३ हजार ७ सय रोजगारी कटौती गरिने पनि नोकियाले घोषणा गरेको थियो ।

गत वर्षको अप्रिलमा नोकियाले आफ्ना दक्ष कामदारहरुलाई स्वरोजगारतर्फ प्रेरित गर्दै एउटा बिशेष कार्यक्रम समेत सुरुवात गरेको थियो । जसका लागि कम्पनीले आर्थिक सहयोग उपलब्ध गराउने समेत बचन दिएको थियो । फिनल्याण्डमा नोकियाका पूर्व कर्मचारीहरुले अहिलेसम्म २ सय भन्दा बढी प्रतिष्ठान सञ्चालन गरिसकेका छन् । : एजेन्सी 


No comments:

Post a Comment