Thursday, December 27, 2012

एनसेलको ‘माई ५’ योजना


निजी क्षेत्रको दुरसञ्चार प्रदायक एनसेलले ‘माई ५’ नामक नयाँ योजना ल्याएको छ । नयाँ योजना अन्तर्गत ग्राहकहरुले बिशेष ५ वटा नम्बरमा सस्तो महसुलमा कल गर्न सक्नेछन । योजना अन्तर्गत आफूले रोजेका कुनै ५ वटा नम्बरमा ९९ पैसा (कर बाहेक) प्रति मिनेटमा कुराकानी गर्न सक्नेछन । योजना पुस १३ गते शुक्रबारदेखि लागू हुनेछ ।

ग्राहकहरुले कुनै पनि समयमा मोबाइल नम्बर परिवर्तन गर्न समेत सक्नेछन् । तर, यसका लागि ५ रुपैयाँ शुल्क लाग्ने एनसेलले जानकारी दिएको छ । नयाँ ग्राहकहरुले भने सजिलो ट्यारिफ  अन्तर्गत मात्र ९९ रुपैयाँमा सिम प्राप्त गर्नेछन् । जसमा ५० रुपैयाँ मेन ब्यालेन्स र ४९ रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।


पुराना प्रिपेडका ग्राहकले भने ५ वटा विशेष नम्बर चयन गर्न सक्नेछन् । एनसेलका अनुसार प्रिपेडका ग्राहकहरुलाई यो सुविधा प्रयोग गर्नका लागि भने २० रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यो योजनाको समयावधी तीन महिनाका लागि हुनेछ । तर, एक पटक सर्भिस एक्टिभेट गरिसकेपछि भने सधैभरीका लागि हुने एनसेलले जानकारी दिएको छ ।

ग्राहकले यो सेवा एसएमएस, आईभीआर, यूएसएसडीबाट एक्टिभेट गर्न सक्नेछन् । ग्राहकले सेवाबारे विस्तृत जानकारीका लागि ५५६६ मा निशुल्क कल गरी जानकारी लिन सक्नेछन् । एनसेलकी कर्पोरेट कम्युनिकेशन डाइरेक्टर सञ्जु कोइरालाले यो योजनाबाट ग्राहकले सस्तो शुल्कमा गुणस्तरीय सेवा पाउनेछन् ।


No comments:

Post a Comment