Tuesday, December 4, 2012

टावर बिग्रिँदा फोन चलेन

निर्माण भएको छ महिना नपुग्दै  कालीकोट जिल्लाको सुकाटिया गाविसमा रहेको नेपाल टेलिकमको स्काई टावर बिग्रि्रदा सेवाग्राही मर्कामा परेका छन्। सदरमुकामबाट सातकोष उत्तरपश्चिममा पर्ने सुकाटिया गाविसमा रहेको स्काई टावर दुई हप्तादेखि बिग्रिएको हो। टावरमा खराबी आएपछि त्यस क्षेत्रका नौ गाविसका करिब पाँच हजार सेवाग्राही मर्कामा परेका छन्।

स्थानीयवासी सिंहबहादुर शाहीका अनुसार पटकपटक टावर बिग्रिने तर लामो समयसम्म मर्मत गर्न सरोकारवाला निकायले चासो नदिने गरेकाले समस्या आउने गरिएका छन्। दूरसञ्चार कार्यालय कालीकोटका प्राविधिक प्रेमबहादुर विष्टले टावरमा पावरको अभावमा समस्या आएको हुन सक्ने बताए। उनले कालीकोट दूरसञ्चार कार्यालयबाट माथि जानकारी गराइसकिएको तर केही आदेश नआएको जानकारी गराए। हाल कालीकोटमा स्काई, नमस्ते हेलो ,एनसिएलको गरी नौ वटा टावर भए पनि कालीकोटका पाँचवटा गाविस भने जुम्लाको टावरमा भर पर्नुपरेको छ।

No comments:

Post a Comment